करेन्ट लागेर एक युवाको मृत्यु

  • ८ श्रावण २०८०, सोमबार
  • 396 पटक पढिएको

म्याग्दी ८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको रुम हुक्लाङडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ग्रामिण विजुलि वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाईबर विछ्याउने क्रममा करेन्ट लागेर चितवन रत्ननगर नगरपालिका ९ का २६ बर्षिय अशोक तामाङ बेहोस भएका थिए । करिब ६ फिट तल खसेर सक्त घाईते भएर बेहोस भएका तामाङलाई उद्धार गरि उपचारको लागि बेनी अस्पतालमा ल्याईएकोमा उनको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।