गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

  • ८ श्रावण २०८०, सोमबार
  • 725 पटक पढिएको

 

बेनी, ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ ।


क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम सञ्चालक समितिलाई चार बोरा चामल, दई प्याक खानेतेल, एक बोरा दाल, ४० केजी आलु, दुई प्याक साबुन, दुई प्याक फ्रुटि, एक प्याक बिस्कुट र एक बोरा नुन उपलब्ध गराएको क्लवका ट्रेसर किरन कार्कीले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष चन्द्रबहादुर केसी लगायत पदाधीकारीहरुले आश्रम सञ्चालक समितिका बमबहादुर पुन, लक्ष्मण चालिसे लगायतलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।