मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

  • ९ श्रावण २०८०, मंगलवार
  • 293 पटक पढिएको

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गरे । गएराति करिब १ बजेको समयमा घटना भएको र राति २ बजे प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलबाट इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ भने होटल सञ्चालक आशा कुँवर र उनको छोरालाई नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ ।