फिचर
म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
- 11 महिना, 17 दिन अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस
श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु
- 11 महिना, 19 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् । विकास र सामाजिक एकताको... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- 11 महिना, 23 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)
- 11 महिना, 23 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु
- 11 महिना, 29 दिन अगाडि
- १९ मंसिर २०८०, मंगलवार
म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् ।... पुरा पढ्नुहोस
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
- 1 बर्ष, 2 दिन अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
म्याग्दी, १५ मंसिर : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै केभहिल (फोटो फिचर)
- 1 बर्ष, 3 दिन अगाडि
- १४ मंसिर २०८०, बिहीबार
कमल खत्री बेनी, १४ मंसिर । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडो । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाईमा... पुरा पढ्नुहोस
आलु खेती विस्तारका लागि तीन करोड बजेट
- 1 बर्ष, 3 दिन अगाडि
- १४ मंसिर २०८०, बिहीबार
म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा... पुरा पढ्नुहोस
‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
- 1 बर्ष, 5 दिन अगाडि
- १२ मंसिर २०८०, मंगलवार
म्याग्दी १२मंसिर । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि चार दिने पदयात्रा शुुरु भएको हो ।... पुरा पढ्नुहोस
काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली
- 1 बर्ष, 6 दिन अगाडि
- ११ मंसिर २०८०, सोमबार
म्याग्दी, ११ मंसिर । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरि ठेकेदारलाई काममा फर्काउन पहल... पुरा पढ्नुहोस