अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

  • ९ पुष २०८०, सोमबार
  • 207 पटक पढिएको

 

म्याग्दी, ९ पुस । अन्नपूर्ण गाउँपालिकाको पोखरबगरमा आयोजित गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा मावि नारच्याङले जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेवगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र ६ कास्य पदक सहित प्रभा माविले उपाधी जितेको हो ।

गत बर्षको बिजेता समेत रहेको प्रभा माविले लगातार दुई बर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ । प्रतियोगितामा बिजेता प्रभा माविलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको थियो ।

त्यसैगरि प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित द्धितिय हुन सफल मुक्तिमाग मावि र ६ स्वर्ण, ११ रजत र ४ कास्य पदक सहित तृतिय हुन सफल शिख माविलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा अधिृकत गणेशबहादुर कटुवालले बताउनुभयाृ । विद्यागत रुपमा उतकृष्ट विद्यालय र खेलाडीलाई नगद पाँच हजारसहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विजेतालाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्का र विभिन्न विद्यालयका प्रअहरुको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको थियो । उतकृष्ट खेल प्रर्दशन गरेका विद्यार्थीलाई छनोट गरेर यही पुस २० र २१ गते बेनीमा हुने जिस्लास्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराईने अध्यक्ष पुनले जानकारी गराउँनुभयो ।