धौलागिरी
बागलुङमा कलाकार रवी कार्की सम्मानित
- 1 बर्ष, 6 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो । ‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकियस्थल पञ्चकोटलाई... पुरा पढ्नुहोस
बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश
- 1 बर्ष, 6 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभाव बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो... पुरा पढ्नुहोस
बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण
- 1 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस
बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण
- 1 बर्ष, 7 महिना अगाडि
- ९ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो । अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक
- 1 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
म्याग्दी, ८ जेठ । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका– ५ मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो... पुरा पढ्नुहोस
वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान
- 1 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस
बेनीमा सहकारी बैंकको शाखा माग
- 1 बर्ष, 7 महिना अगाडि
- २ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, २ जेठ। सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न म्याग्दीका सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो । म्याग्दी... पुरा पढ्नुहोस
कालिसारमा लालीगुराँस पार्क
- 1 बर्ष, 7 महिना अगाडि
- १ जेष्ठ २०८०, सोमबार
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस
मोहरेडाँडामा पर्यटक आकर्षित
- 1 बर्ष, 7 महिना अगाडि
- २४ बैशाख २०८०, आईतवार
म्याग्दी, २४ बैशाख । विदेशी पर्यटकको रोजाईमा पर्ने चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडाको सुन्दरतामा पर्यटक आकर्षित हुन थालेका छन् । समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित महरेडाँडामा बाह्रय पर्यटकको चाप बढ्दै गएको छ। डाक्टर महाविर पुनको सक्रियतामा स्थापित पर्यटकियस्थल मोहरेडाँडामा पुग्ने... पुरा पढ्नुहोस
भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै
- 1 बर्ष, 8 महिना अगाडि
- १८ बैशाख २०८०, सोमबार
म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस