बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण

  • ९ जेष्ठ २०८०, मंगलवार
  • 283 पटक पढिएको

म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो ।

अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय बाल अधिकारको काम कतव्र्य र अधिकार सम्वन्धी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बालमैत्री शासन सम्वन्धी सूचकका विषयमा र जिल्ला बाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायले जिल्ला बाल अधिकार समितिको भूमिकाको विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित बाल अधिकार समितिका सदस्य र सरोकारवालाहरुले बाल अधिकारका नीतिनियमलाई कार्यान्वयनमा उल्लेखनीय भूमिका प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

जिल्ला बाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायको अध्यक्षता, कार्यालय प्रमुख थापा मगरको स्वागत, नायव सुब्वा गोविन्द्र पुनको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश नेपाल रहनुभएको थियो ।