मोहरेडाँडामा पर्यटक आकर्षित

  • २४ बैशाख २०८०, आईतवार
  • धिरन खत्री
  • 367 पटक पढिएको

 

म्याग्दी, २४ बैशाख । विदेशी पर्यटकको रोजाईमा पर्ने चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडाको सुन्दरतामा पर्यटक आकर्षित हुन थालेका छन् । समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित महरेडाँडामा बाह्रय पर्यटकको चाप बढ्दै गएको छ। डाक्टर महाविर पुनको सक्रियतामा स्थापित पर्यटकियस्थल मोहरेडाँडामा पुग्ने पर्यटकले सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छे, मनास्लु र अन्नपुर्ण जस्ता दर्जनौ बढी हिमालहरु र सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य हेर्न पाउछन् । डाडाँबाट पोखरा बजार संगै फेवाताल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, पाल्पा लगायत जिल्लाका पहाडका टाकुरा र बस्ती, घना जंगलको दृष्य देख्न पाईन्छ ।

डाँडाको वरीपरि घना गुरासे जंगल, चौरी लगायतको पशुगोठ, चराचुरुङ्गीको आवाज, जडिबुटीको जंगलसंगै शान्त वातावरणले आन्तरिक तथा बाह्य पर्यटकले आनन्द महशुस गर्छन । शान्त वातावरण अन्तरगत लालीगुरासँको टे«कमा आउने पर्यटक बढेपछि मोहरेडाडाँमा २० बेडबाट होटल क्षमता बढाएर ८० बेड पु¥याएका छन् । पदयात्रामा घुम्दै पुगेका पोखराका पर्यटक महेश पुनले लालीगुराँसको जंगलको यात्रासंगै मोहरेबाट देखिने दृष्यले आनन्द महशुस भएको बताउनुभयो ।

विहानको मनोरम दृष्य हेर्नका लागि एकरात बस्ने गरि फ्रेन्स, जर्मनी, अमेरीकी, रसिया, अष्ट्रेलिया, कोरियन लगायत देशका पर्यटक बढी आउने गरेका छन् । चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पदयात्री पर्यटकहरुलाई खुब लोभ्याउने गर्दछ ।सोलार विजुलीबाट सामुदायिक लज संचालन गरिएको मोहरेमा एकचोटी धेरै पर्यटक पुग्दा खानेपानी र विद्युतको समस्या पर्ने संचालक नविन पुनले बताउनुभयो ।
खराव मौसमको समयमा सोलार नचल्दा ३ सय मिटर तल तल्लो मोहरेबाट खच्चडमा पानी लिएर पर्यटकलाई खुवाउने गरिन्छ । खानेपानी सहज पहुच, केन्द्रिय विद्युत, पर्यटक भुलाउने थप पूर्वाधार निर्माण गर्न सकेमा यहाँको पर्यटन विकासले यस क्षेत्रमा होटल विस्तारसंगै रोजगारी सिर्जना गर्न महत्पूर्ण सहयोग अपेक्षा पुनले गर्नुभएको छ ।

पर्यटकिय गन्तव्यको रुपमा चर्चामा आउने थालेपछि स्थानीय, प्रदेश र संघ सरकारले होटलको क्षमता विस्तारमा बजेट उपलब्ध गराउदै आएको छ। महरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महर रे बेनीबाट घोरेपानी–पुनहिल हुदै माहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला र हप्पाल हुँदै पर्यटक पुग्ने गर्छन् । पर्यटकिय क्षेत्रको पादयात्रामा देखिने मौलिक पुराना घर, गोठ, चौतारी, कुवा, ढुङ्गे धारा लगायतका संरचनालाई जोगाउनुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l