बागलुङमा कलाकार रवी कार्की सम्मानित

  • ३ असार २०८०, आईतवार
  • 1195 पटक पढिएको

 

म्याग्दी, ३ असार । म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ ।

बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो ।

‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकियस्थल पञ्चकोटलाई विश्वसामु चिनाउन योगदान गरेका गायक कार्कीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगदसहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

इरोधी घरको युट्युव च्यानलबाट प्रशारण भएको पञ्चकोट गितमा रवीले प्रयोग गरेका टुक्का र अभिनयले बढी चर्चा पाएको थियो ।