ताजा अपडेट

बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण

  म्याग्दी, २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो । सहकारीका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस

प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन

म्याग्दी, २८ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ ।भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला मैत्री भवन... पुरा पढ्नुहोस

मतदातालाई धन्यबाद दिन गाउँ गएका साँसदहरुलाई सर्वसाधारणको मागै माग !

म्याग्दी २८ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी... पुरा पढ्नुहोस

यातायात ब्यवसायीले दुख दिएको यात्रुको गुनासो

म्याग्दी २८ मंसिर । बेनी–काठमाडौ रुटमा चल्ने सवारी साधनले दुख दिएको यात्रुले गुनासो गरेका छन् । काठमाडौबाट बेनीका लागि भनेर चढाउने तर मालढुङ्गामा ल्याएर अलपत्र पार्ने गरेको यात्रुहरुको गुनासो बढेको छ । बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समिति बागलुङद्धारा सञ्चालित ध १ ख ६१२ नम्बरको माईक्रोबस चढेर काठमाडौबाट बेनी... पुरा पढ्नुहोस

‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २८ मंसिर । म्याग्देली कलाकार सीता थापा(पाईजा)ले थालीनाच सम्बन्धि तयार पारेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थालिनाचको रानी’ को रुपमा आफुलाई चिनाउन सफल भएकी गायीका सीता थापा (पाईजा)को मगर जातीको ऐतिहासिक र मौलिक संस्कृतिमा आधारित ‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ बोलको थालीनाचको म्युजिक... पुरा पढ्नुहोस

मुस्ताङमा २ राप्रपाको जमानत जफत

एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङमा पहिलो चरणको प्रदेशसभा ‘ख’निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रत्यक्षतर्फ दुई राप्रपा उम्मेदवारको जमानत जफत भएको छ । आयोगले खसेको मतको १० प्रतिशत मत अनिवार्य गरेपछि प्रजातान्त्रिकका प्रविण शेरचन र राप्रपाका नर बहादुर हिराचनको जमानत जफत हुँन पुगेको हो । प्रदेशसभा ‘ख’निर्वाचनमा नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा... पुरा पढ्नुहोस

माछापुच्छ्रे बैङ्कद्धारा अस्पताललाई उपकरण सहयोग

म्याग्दी २८ मंसिर । माछापुच्छ्रे बैङ्क लिमिटेडले बिहीबार बेनी अस्पताललाई उपकरण सहयोग गरेको छ । अस्पतालमा आयोजित कार्यक्रममा उपचारमा प्रयोग हुने विभिन्न औजार, उपकरण हस्तान्तरण गरिएको हो । उपचार सेवालाई थप प्रभाकारी बनाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत विभिन्न नौ किसीमका उपकरण उपलब्ध गराइएको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले... पुरा पढ्नुहोस

म्याग्देली मिरा पुन भईन् हङकङ प्रहरीमा छनौट हुने प्रथम नेपाली महिला !

हङकङ, २८ मंसिर । हङकङमा बसोबास गर्दै आएकी एक म्याग्देली युवती नेपाली महिलाहरुको तर्फबाट हङकङ प्रहरीमा छनौट हुने पहिलो अबसर पाएकी छिन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी २० बर्षिय मिरा पुन हङकङ प्रहरीमा छनौट हुन सफल भएकी हुन् । उनी नेपाली समुदायबाट हङकङ प्रहरीमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालीकालाई साक्षर घोषणा

म्याग्दी २८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत... पुरा पढ्नुहोस

भिरबाट लडेर एक जनाको ज्यान गयो

म्याग्दी, २८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका २ मा पर्ने महतलाको भिरबाट लडेर सोही गाउँपालीकाको वडा न. ७ मच्छिमका ६० वर्षिय धनबहादुर दमाईको मृत्यु भएको हो । आलुको विउ बोकेर घरतर्फ जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका... पुरा पढ्नुहोस