रक्तक्यान्सर पिडित बिकद्धारा जिवनरक्षाको अपिल

  • २७ चैत्र २०७४, मंगलवार
  • 1627 पटक पढिएको

 

बेनी २७ चैत । रक्तक्यान्सर रोगले थलिएका म्याग्दीको अन्नपूर्ण गाँपालीका ३ दानाका ३६ वर्षिय सोमबहादुर बिकले जिवनरक्षाको लागि अपिल गर्नुभएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन नसकेपछि ललीतपुरको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका बिकले सहयोगको अपिल गर्नुभएको हो ।

बैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेका अवस्थामा बिरामी भएपछि घर फर्कीएका बिकलाई बेनी, पोखरा हुदै काठमाडौको अस्पतालमा परिक्षण गर्दा चार दिन अघि रक्तक्यान्सर भएको पहिचान भएको थियो । ज्याला मजदुर गरेर परिवार पाल्दै आएका बिकको उपचारका लागि वडामा स्थानीय जनप्रतिनिधिहरुको अगुवाईमा सहयोग संकलन अभियान सुरु गरिएको गाउँ कार्यपालीकाका सदस्य थमबहादुर विश्वकर्माले बताउनुभयो ।