ताजा अपडेट

धौलागिरि क्षेत्रका गाउँगाउँमा खानी, वैज्ञानिक परीक्षण हुन सकेन्

 म्याग्दी/बागलुङ — धौलागिरि क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङमा थुप्रै खानी छन् । परम्परादेखि कतिपय गाउँकै नाम खानीका आधारमा रहेका छन् । बेलाबखत खनिज स्रोतहरूको उत्खनन गरी उपयोगमा ल्याइने योजना सुने पनि व्यवहारमा भने आएका छैनन् । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा खनिज पदार्थ अन्तर्गत सुन, तामा र फलाम खानी, गैर–खनिज पदार्थअन्तर्गत चुनढुंगा,... पुरा पढ्नुहोस

निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर सम्पन्न

म्याग्दी, १४ फागुन । म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले... पुरा पढ्नुहोस

ट्याक्टरले किचेर बालकको ज्यान गयो

म्याग्दी, १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार साँझ गुडीरहेको ट्याक्टरमा... पुरा पढ्नुहोस

म्याग्दीमा सवारी दुर्घटनाको डरलाग्दो रुपः तीन बर्षमा ४१ जनाको ज्यान गयो

धिरन खत्री /म्याग्दी, १४ फागनु । पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवत जावतमा सुविधा पुगेको छ । जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माणतर्फ प्रहिलो प्रथामिकतामै छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडकले जिल्लाको गाउँगाउँमा बस्ति विस्तारसंगै , ओहोरदोहोरमा भएको सुविधाले... पुरा पढ्नुहोस

निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा

म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस

पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण

म्याग्दी, १३ फागुन । बेनी नगरपालीका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालीकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : राजीनामा नदिए कारबाहीको धम्की

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको हो । पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।... पुरा पढ्नुहोस

बेगखोलाकी नरमायाको उपचारका लागि युएईबाट सहयोग

बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना युएईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैया कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा... पुरा पढ्नुहोस

मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित

म्याग्दी १२ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् । धौलागिरी गाउँपालीका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका... पुरा पढ्नुहोस

कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)

म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस