पढाऔ अभियानलाई पिस सिटीको एक लाख सहयोग

  • २७ जेष्ठ २०७५, आईतवार
  • 2040 पटक पढिएको

बेनी २७ जेठ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन सञ्चालन गरेको पढाऔ अभियानलाई कल्वको बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ ।

पिस सिटीका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुनमगर र कोषाध्यक्ष भोजबहादुर रिजालले लायन्सका अभियन्त चन्द्रकुमार केसीलाई एक लाख रुपैया हस्तान्तरण गर्नुभएको हो ।

कल्वले डम्मरामा बहुमुल्य जडिवुटी बोधीचित्तको रोपण, लभहिलमा डस्टविन राख्ने, बिरामीलाई आर्थिक सहयोग गर्ने लगायतका सामाजिक काम गर्दै आएको छ ।