ताजा अपडेट

ब्रेनट्युमर रोगबाट पीडित कार्कीलाई रखाल समाज कोरियाद्धारा रु १ लाख ८० हजार सहयोग

म्याग्दी, ११ जेठ । ब्रेनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका – २ भगवतीका यामबहादुर कार्कीको उपचारको लागि कोरियामा रहेका राखुबासीले सहयोग गरेका छन् । रखाल समाज दक्षिण कोरियाले त्यहाँ रहेका राखुबासीहरुबाट संकलन गरेको रु १ लाख ८० हजार रकम पिडित कार्कीको आफन्तलाई उपलब्ध गराएका हुन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा... पुरा पढ्नुहोस

गूर्जामा कुपोषणको एकीकृत व्यवस्थापन तालिम, ओटिसी सेन्टरबाट सेवा सुरु

प्रताप बानियाँ म्याग्दी, जेठ ११ । पश्चिम म्याग्दीको विकट तथा दुर्गम धौलागिरि गाउँपालिका–१, गूर्जामा कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । गूर्जा स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम सञ्चालन गरिएको हो । कडा, शीघ्र... पुरा पढ्नुहोस

फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु

प्रताप बानियाँ म्याग्दी, जेठ ११ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि गाउँपालिकास्तरीय फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु भएको छ । ‘हामी सबैको एक्यबद्धता, पूर्ण सरसफाइमा प्रतिबद्धता’ भन्ने नारासहित मंगला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।... पुरा पढ्नुहोस

योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी तालिम

प्रताप बानियाँ म्याग्दी, जेठ ११ – स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको लागि योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिइएको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको तालिममा २० जनाले सहभागिता जनाएका थिए... पुरा पढ्नुहोस

पाखापानीमा अायाेजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय २० जना लाभान्वित

म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा  अायाेजित  निः शुल्क स्वास्थ्य शिविरबाट ४सय २० जना स्थानीयबासी लाभान्वित भएका छन् । रघुगंगा गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा शुक्रबार आयोजना गरिएको निशुल्क शिविर सो संख्याले सेवा लिएका हुन् । गाउँपालिकाको निःशुल्क औषधी उपलब्ध र जिल्ला अस्पताल म्याग्दीका निर्मित... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु (फोटो फिचर)

पोखरेवगर, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण... पुरा पढ्नुहोस

गुर्जामा आमा समुहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण (फोटो फिचर)

म्याग्दी, ११ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समुहको अगुवाईमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबै भन्दा बिकट र दुर्गम गाउँको रुपमा चिनिएको गुर्जामा पुग्ने पर्यटक र स्थानीयबासीहरुको सुविधाको लागि आमा समुहले रु १६ लाख बढी लगानीमा सार्वजनिक नुहाउने घर निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस

जुवा खेल्दै गरेको अबस्थामा बेनीमा १ महिला सहित १४ जना पक्राउ

म्याग्दी, १० जेठ । म्याग्दीका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा नियन्त्रण एवम् न्युनिकरण कार्यक्रमलाई तिब्रता दिएका हुन् । उक्त अभियानको... पुरा पढ्नुहोस

प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेमको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका पुन फाइनल प्रवेश

म्याग्दी, १० जेठ । काठमाण्डौमा जारी प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेम– २०७५को राष्ट्रिय प्रतियोगितामा म्याग्दीका एक बाल खेलाडी फाइनलमा प्रवेश गरेका छन् । कराँते खेल तर्फ प्रदेश नम्बर ४ बाट सहभागिता जनाएका बिपिन पुन ३४ केजी तौल समुहमा प्रतिस्पर्धाबाट फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट सहभागीता जनाएका कराँते... पुरा पढ्नुहोस

ज्यामरुककोटमा स्वास्थ्य शिक्षा तथा परिवार नियोजनसम्बन्धी कार्यक्रम

प्रताप बानियाँ म्याग्दी, जेठ १० । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा बिहीबार स्वास्थ्य शिक्षा तथा परिवार नियोजनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘सन्तान करले होइन, रहरले जन्माऔं’ भन्ने नारासहित परिवार नियोजन सुदृढीकरण कार्यक्रम सिप्फो टु म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले राज्यले स्वास्थ्यका क्षेत्रमा... पुरा पढ्नुहोस