म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्वाचित, समृद्धीको यात्रामा चौतर्फि सहकार्यमा मन्त्री पुनको जोड

  • १३ श्रावण २०७५, आईतवार
  • 2624 पटक पढिएको

म्याग्दी, १३ साउन ।‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ भएको म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशनबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विजय श्रेष्ठ, महासचिवमा कुविरकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल, सचिव लोकेश पुनमगर, सहकोषाध्यक्ष जीवन बहादुर विश्वकर्मा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सृजना भट्टचन, विष्णु गुरूङ, सृजना श्रेष्ठ, शेर बहादुर केसी, रमेश गिरी, दिनेशनारायण श्रेष्ठ, सुन्दरमान शेरचन र सुर्वण रिजाल चयन हुनुभएको छ । मञ्चको साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वदेश तथा विदेशमा छरिएर रहेका म्याग्दीबासीको स्रोत, साधन र पुँजी र शिपलाई एकिकृत गर्न सकेमा जिल्लाको विकासमा नयाँ आयाम थपिने बताउनुभयो ।

उहाँले प्रदेश र संघिय सरकारको प्रमुख एजेण्डा समेत विकास र समृद्धि नै रहेको बताउँदै यसमा सबै नेपालीको सकरात्मक साथ र रहयोगको आबश्यकता रहनेमा जोड दिनुभयो । मन्त्री पुनले अहिले युवाहरु विदेश जानको लागि लाखौँ लगानी गर्न तयार हुने तर स्वदेशमै व्यवसायि बन्छु भनेर अगाडी नबढ्ने समस्या रहेको भन्दै स्वरोजगार मुलक क्षेत्रमा लाग्ने युवाहरुलाई राज्यले समेत प्रोत्साहन गर्ने बताउनुभयो ।

मञ्चका नवनिर्वाचित अध्यक्ष पुनले विकास र समृद्धिको यात्रामा सरकारको मात्रै मुख ताकेर बस्न नहुने बताउँदै स्वदेश देखि प्रवासमा छरिएका म्याग्देलीहरुको पुँजी र स्रोतलाई एकिकृत गरि मञ्चले यहाँको विकास र समृद्धिमा टेवा पु¥याउने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विनोद केसीले जिल्ला, प्रदेश तथा राष्ट्रको विकासका लागि सरकारले ल्याएको कार्यक्रममा सबै जनताले हातेमालो गरेर अगाडी बढाउनु पर्ने बताउँनु भयो ।कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल , मंगला गाउँपालिकी उपाध्यक्ष सृजना केसी, बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साधारणसभा मञ्चका अध्यक्ष तेजप्रकाश पुनको अध्यक्षता तथा स्वागत, कोषाध्यक्ष टंक हमालको आर्थिक प्रतिबेदन, बरिष्ठ उपाध्यक्ष प्रमोद श्रेष्ठको समापन तथा मञ्चका सचिव कुविरकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।