वेष्ट प्वइन्टमा गुरु पुर्णिमाको अवसरमा विविध कार्यक्रम सम्पन्न

  • १२ श्रावण २०७५, शनिबार
  • 1679 पटक पढिएको

म्याग्दी, १२ साउन । सधैभरी पाठ्यसामाग्री बोकेर कक्षाकोठामा प्रवेश गर्ने शिक्षकहरु खेलाडीको पहिरन जर्सी र जुत्ता लगाएर ग्राउन्डमा प्रवेश गरेपछि धेरै विद्यार्थीहरु अचम्म मानेका थिए भने कतिपयलाइ भने ज्ञात नै थियो । उमेर ढल्किएका तल्लो पेट फुत्त बाहिर निस्किएका कतिपय पाका शिक्षकहरु खेल मैदानमा निस्किएर एकाएक फुटबल खेल्दाको परिवेश नै निकै रमाइलो थियो । केहि शिक्षकहरु भने २०/२२ बर्सका लक्का जवान र खेल खेलिरहने हुनाले तन्दुरुस्त नै थिए ।

विद्यार्थीहरुले“ल है सर बेस्ट अफ लक् हजुरहरुले जित्नु पर्छ“ भन्दै सरहरुलाई हौस्याईरहेका थिए । केहि बेरमा कक्षा १० का विद्यार्थीहरु जो राम्रो फुटबल खेल्छन उनिहरु मध्ये ४ जना रेफ्रीको भूमिकामा शिक्षकहरुलाई मैदान प्रवेश गराए । सँधैभरी शिक्षकको निर्देशनमा पढाइ गर्ने विद्यार्थीहरु आज सरहरुलाई खेलका नियम तरिका आदि बारे निर्देशन गर्दै थिए । मुख्यरेफ्रिले सिट्ठी बजाए पछी शुरु भयो शिक्षकहरुको रोचक फुटबल प्रतियोगिता । विद्यार्थीहरुको लगातारको हुटिंगले साचिकै रोचक र उच्च स्तरको खेलकुद प्रतियोगिताको झल्को दिईरहेको थियो ।

कुनै टिममा जिल्लाकै उत्क्रृष्ट खेलाडी शिक्षक थिए भने कुनैमा अनुभबी र खेल शिक्षक नै थिए । प्रसङ्ग हो न्यु वेष्ट पोइन्ट आवासिय माविमा भएको शिक्षक फुटबल प्रतियोगीताको । विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुले हरेक वर्ष झैँ यस वर्ष पनि गुरु पुर्णिमाको अवसरमा साउन १० र ११ गते पुरुष शिक्षक कर्मचारीहरुका लागि फुटबल प्रतियोगिता र महिला शिक्षककर्मचारीहरुको लागि भलिबल प्रतियोगिता आयोजना गरेका थिए । बिहिबार दिनको ३ बजे देखि शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

गुरु पुर्णिमा साउन ११ गत गुरु सम्मानको एक भब्य कार्यक्रमे आयोजना गरि बिजयी शिक्षकहरु लगायत सम्पुर्ण शिक्षकहरुलाई पुष्प गुच्छा र कलम उपहार स्वरूप प्रदान गरेका थिए । फुटबल तर्फ शिक्षकहरुको ४ टिम र महिला शिक्षकहरु तर्फको भलिबलमा ५ टिम सहभागी भएकोमा फुटबल तर्फ रेशमान पुनको टिम प्रथम र सुदिप श्रेष्ठ को टिम द्वितीय भएको छ । त्यसै गरि भलिबल तर्फ मुना रोकाको समूह प्रथम र सजिता श्रेष्ठको समूह द्वितीय भएको छ । फुटबलमा सर्वा्धिक गोलकर्ता रेशमान र उत्कृष्ट खेलाडी सुदिप श्रेष्ठ भएका छन् भने भलिवलमा मुना रोका उत्क्रृष्ट खेलाडी घोषित भएकी छिन ।

खेलको लगत्तै एक औपचारिक कार्यक्रमको योजना गरि पुरस्कार र सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कक्षा १० का सुबिन रामदाम सुसान्त सुबेद,ी मार्क घिमिरे, अविशेक बिश्वकर्मा लगायतले कार्यक्रमको संचालन तथा पुरस्कार वितरण गरेका थिए ।सोहि अवसरमा कक्षा १० का छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । अनुसन्धानमा आधारित परीक्षाको नतिजा प्रकाशनको दिन समेत रहेकोले अभिभाबकको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वेस्ट पोइन्ट मिडियाहबले जनाएको छ ।