वेष्ट पोइन्टका विद्यार्थीहरु काठमाडौँमा

  • १३ श्रावण २०७५, आईतवार
  • 1597 पटक पढिएको

म्याग्दी, १३ साउन । न्यु वेष्ट पोइन्ट आवासीय माविका विद्यार्थीहरु अध्ययन–अनुभवका लागि काठमान्डौ प्रस्थान गरेका छन् । स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत कक्षा ६ देखि १० सम्मका १८ जना विद्यार्थीहरु काठमान्डू गएका हुन् । प्रत्येक सेक्सनबाट प्रतिनिधित्व हुने गरि विद्यार्थीहरु लाइ सो कार्यक्रमको लागी पठाइएको हो । साउन १३ गते आइतबार बिहान सहभागी विद्यायर्थीहरु, शिक्षक प्रतिनिधि भाईस प्रिन्सिपल सरोज लकान्द्रीलाई शुभकामना सहित बिदाइ गरिएको हो ।


राजधानीका विद्यालयमा हुने पढाई लगाएत अन्य क्रियाकलापको अनुभब गर्दै सो सिकाइलाई ब्यवहारगत गर्न यो कार्यक्रम ल्याएको प्रिन्सिपल बिना झाले बताउनु भयो । उनीहरु काठमाडौको शुभतारा इन्टरनेसनल स्कुल र धुलिखेलको काठमान्डू युनिर्भि्सिटी हाई स्कुलमाा १ हप्तासम्म आवासीय रुपमा रहि अध्ययन गरेर फर्कने छन् । ज्ञान, अनुभब सिकाइ साटासाट गर्दा नै वृद्धि हुने वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । त्यसै गरि शुभतारा र काठमान्डू युनिर्भि्सिटी हाई स्कुलका विद्यायर्थीहरु पनि १ हप्ताको लागि वेष्ट पोइन्टमा आउने छन् ।


शुरुवातमा २ वटा विद्यालयले यो कार्यक्रमको लागि सहमति जनाएका हुन् । आगामी दिनमा कक्षा ११ र बिबिएस तहमा समेत स्टुडेन्ट एक्सचेन्ज प्रोग्राममा सहभागी गराइनेछ । त्यहाँबाट फर्के पछी सहभागी विद्यार्थीहरुले आफ्नो कक्षामा अनुभब साटासाट गर्नुका साथै प्रतिबेदन प्रस्तुत गर्नेछन । यसले उनिहरुको नेतृत्व बिकास गर्न समेत सघाउने वेष्ट पोइन्ट मिडिया हवका संयोजक कृष्ण जिसीले बताउनुभयो ।