ताजा अपडेट

बेनीमा विहानै विष्फोटको आवाज, बन्दले जनजिवन प्रभावीत

बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवत्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने... पुरा पढ्नुहोस

गलेश्वरधामा साउन महिनामा एक लाख बढी भक्तजन भित्रिए (भिडियो सहित)

म्याग्दी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा १ लाख बढी भक्तजनद्धारा पुजा अर्चना भएको छ । भगवान शिबको बिषेश पुर्जा हुने साउन महिनाका चार वटा सोमबारमा गरि करिब १ लाख २० हजारको हाराहारीमा भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको... पुरा पढ्नुहोस

हाईपर क्रु बेनी समुहको संयोजकमा बानियाँ चयन

म्याग्दी, २८ साउन । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हाईपर क्रु नेपालको म्याग्दीमा पनि समुह गठन भएको छ । सोमबार बेनीमा भएको एक भेलाले अनुप बानियाँको संयोजकत्वमा ६४ सदस्यीय टोली चयन गरेको हो । हाईपर क्रु बेनी समुहले समाजमा हुने विभिन्न घटनाहरुमा सक्रियतापूर्वक सहभागीता जनाएर सहयोग गर्ने संयोजक बानियाँले बताए ।... पुरा पढ्नुहोस

पवित्र आमा समुहद्धारा गलेश्वरमा आएका भक्तजनलाई निशुल्क जुस !

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहले बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन महिनाको अन्तिम सोमबार आएका भक्तजनहरुलाई जुस खुवाएका छन् । आमा समुहका सदस्यहरुबाट रु १२ हजार संकलन गरि आमा समुहका पदाधिकारी एवम सदस्यहरुको एक टोलीले सोमबार दिनभर जसो गलेश्वरधाम मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क... पुरा पढ्नुहोस

क्याम्पसका विद्यार्थीलाई ट्राफिक सम्बन्धि प्रशिक्षण

म्याग्दी २८ साउन । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सोमबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ ।जिल्ला युवा समितिको कार्यालयले १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठकले सहजिकरण गरेका थिए । ६० जना विद्यार्थीहरु सहभागी कार्यक्रममा सवारी... पुरा पढ्नुहोस

सरकारी कार्यालयको लेखापरिक्षण सुरु

म्याग्दी, २८ साउन । महालेखा परिक्षण कार्यालयको आयोजनामा म्याग्दीका सरकारी कार्यालयको लेखापरिक्षण सुरु गरिएको छ। आर्थिक बर्ष २०७४/०७५ मा जिल्लाका सरकारी कार्यालयले गरेको आम्दानी र खर्चको मलेपको आयोजनामा लेखापरिक्षण सुरु गरिएको हो ।नयाँ संघिय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहअनुसार जिल्लाका सबै सरकारी कार्यालयको विकास निर्माणमा आर्थिक पारर्दशिताको लागि र... पुरा पढ्नुहोस

साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फाेटाे फिचर)

बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास... पुरा पढ्नुहोस

बाढी पहिरो पिडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो

  बेनी, २८ साउन । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ । समाजको एक टोलीले आईतबार जलजला–७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष... पुरा पढ्नुहोस

अञ्चल अस्पतालबाट रिफर बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया

  म्याग्दी २८ साउन । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८... पुरा पढ्नुहोस

एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग

म्याग्दी, २७ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । बेनी नगरपालिका–१०... पुरा पढ्नुहोस