बेनीमा माघेसंक्रान्ति मेला हुने
- १८ पुष २०७५, बुधबार
- 2150 पटक पढिएको
म्याग्दी, १८ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलालाई निरन्तरता दिईने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस ३० र माघ १ गते दुई दिने माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । ‘‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’’ भन्ने मुल नाराका साथ आयोजना हुने मेलामा म्याग्दी डान्स आईडलको रुपमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण बर्ष–२०७५ बिषयक खुल्ला लोकगित प्रतियोगितासंगै महिला /पुरुष अन्धनिशान, छेलो र लठो तान्ने प्रतियोगिता हुने महिला उद्यम विकास समितिका सभापती सुनिता केसीले जानकारी दिईन् ।
नृत्य र लोकगित प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश : नगद रु १० हजार, ७ हजार र ३ हजार नगदद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अन्धनिशानमा बिजेता हुनेलाई १ हजार ,छेलोमा २ हजार र लठो तान्नेमा ६ हजार नगद सहित पुरस्कृत गरिनेछ ।
बेनीको कालिपुलमा हुने सो मेलामा स्थानीय उत्पादनका स्टल पदर्शनी, स्थानीय विभिन्न समुदायको मौलिकध र परम्परागत लोकसंस्कृतिको प्रस्तुती संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती रहनुको साथै महिला उद्यमीलाई सम्मान कार्यक्रम समेत तय गरिएको सभापती केसीले जानकारी दिईन् ।
म्याग्दीका सबै स्थानीय तहको सह–आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा हुने मेलालाई सफल बनाउन विभिन्न १० वटा उपसमिति समेत गठन भएको छ । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने मेलाले बेनीमा बर्षौदेखि सञ्चालन हुँदै आएको माघे संक्रान्ति मेलाको निरन्तरता संगै कला र संस्कृतिको संरक्षण र व्यापार व्ययवसाय संगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।
बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम सडकखाना महोत्सव आयोजना हुँदै आएको छ । मेलाको उद्घाटन हुने दिन बेनीमा मौलीक कला संस्कृति झल्कने झाँकी पदर्शनी हुनेछ । मेला सम्पन्न गर्नको लागि रु ७ लाख ३५ हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ । मेलाको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलन समितिकी अध्यक्ष केसीको अध्यक्षता,महासचिव विष्णु गुरुङको सञ्चालन र प्रथम उपाध्यक्ष लक्ष्मी कार्कीको धन्यबाद मन्तव्यमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ,द्धितिय उपाध्यक्ष राजेश शाक्य,महासचिव लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।