उता अन्धगल्छी क्षेत्रको अर्को भुरुङ तातोपानीमा आन्तरिक तथा बाह्य पर्यटक राख्ने संरचना निर्माणको योजना अन्नपूर्ण गाउँपालिकाले अघि सारेको छ । उक्त निर्माण योजना ५३ लाख रुपैयाँमा ठेक्का लगाएको छ । ‘तातोपानी यहाँका बासिन्दाको रोजीरोटीको माध्यम र विद्यालयसमेत सामाजिक कामको आर्थिक मेरुदण्ड हो,’ स्थानीय व्यवसायी कृष्ण खड्काले भने, ‘समुदायले मात्र व्यवस्थापन गर्न सकेनन् भन्ने लाग्छ भने नयाँ मोडेल तयार पारेर स्थानीय सरकारले नै व्यवस्थापन गर्न सक्छ ।’
म्याग्दी खोलामा मात्र होइन, जिल्लामा कालीगण्डकी र राहुघाट खोला किनारमा १० वटा हाराहारीमा तातोपानीका मूलहरू छन् । यीमध्ये बेनी–४ स्थित म्याग्दी खोला किनाराको सिंगा र अन्नपूर्ण–२ कालीगण्डकी किनारको भुरुङ तातोपानी मुहान बढी प्रख्यात छन् ।
इकान्तीपुरबाट साभार