ताजा अपडेट

पोखरेबगरमा ब्यवसाय दर्ता तथा नविकरण शिविर

बेनी १० मङसिर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट ८ जनाले उद्योग, वाणिज्य दर्ता र २० जना भन्दा बढीले परामर्श सेवा लिएका कार्यालयका खरिदार इन्द्र पौडेलले... पुरा पढ्नुहोस

रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

https://www.youtube.com/watch?v=EibUF6BPWPo&feature=youtu.be म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने... पुरा पढ्नुहोस

लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

बेनी ९ मङसिर । बेनीमा आइतबारदेखि लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । बेनी नगरपालिका र विभिन्न दर्जनौ संघ संस्थाहरुले बेनीमा ¥याली र समारोहको आयोजना गरेर अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले लैङगिक हिंसा विरुद्धको अभियानलाई औपचारिकतामा सिमित नराखी सधैभरी... पुरा पढ्नुहोस

रायखोरमा स्वास्थ्य इकाई स्थापना

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।... पुरा पढ्नुहोस

जनजागृतीको साधारणसभा

पार्वती सुवेदी / मराङ ९ मंसिर । धवलागिरी गाउँपालिका ६ मरांगमा रहेको जनजागृति उपभोक्ता सहकारी संस्था लि.को सातौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै वडा अध्यक्ष राजाराम सुवेदीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने र सामुदायिक रुपान्तरणको अभियानमा सहभागि हुनुपर्ने बताएका थिए । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको... पुरा पढ्नुहोस

मुक्तिनाथमा बेवारीसे शव भेटियो

बेनी ९ मङसिर । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको पुराङमा आइतबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । पुराङ गाउँ नजिकै पर्ने छंगुर खोलाको किनारमा अन्दाजी २८÷३० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गहुँगोरो वर्ण, मझौला कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच... पुरा पढ्नुहोस

देउसीभैलोबाट ५ लाख संकलन्

म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अपुरो दुई कोठ आरसिसि भवन पुर्ण गराउन देउसीभैलोबाट ५ लाख रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना नमुना, शिशिरेडाँडा आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो । कलाकार फौद कटुवाल ( विन्दास),... पुरा पढ्नुहोस

‘१७ औँ जेसीजकप’ फुटवलको तयारी पुरा

म्याग्दी ९ मङसिर ।म्याग्दी जेसिजद्धारा निरन्तर सञ्चालन हुदै आएको अन्तरमावि १७ औँ जेसीज कप फुटवलको तयारी पुरा भएको छ । मंगलबारदेखि सदरमुकाम बेनीमा हुने १७ औ अन्तर मा.वि जेसीज कप प्रतियोगिता–२०१८ को तयारी पुरा भएको हो । म्याग्दी जेसीजले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन... पुरा पढ्नुहोस

टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा

  बेनी ९ मङसिर । जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् ।गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् । केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार 

बेनी ८ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ ।नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि... पुरा पढ्नुहोस