ताजा अपडेट
अन्नपूर्णको वडामा मेलमिलाप केन्द्र स्थापना
- 6 बर्ष, 8 महिना अगाडि
- २५ बैशाख २०७६, बुधबार
बेनी २५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिले वडा कार्यालयसंग समन्वय गरेर स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । ८ वटा वडामा केन्द्र स्थापना भइसकेको न्यायिक समितिका सदस्य वुद्धी पुनले जानकारी दिएका थिए... पुरा पढ्नुहोस
कालीगण्डकी रिसोर्टमा म्याग्दीमै पहिलो स्विमिङपुल सञ्चालनमा (फोटो फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
कमल खत्री म्याग्दी, २४ वैशाख । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा सञ्चालित कालीगण्डकी रिसोर्टले जिल्लामै पहिलो पटक स्विमिङपुल सञ्चालनमा ल्याएको छ । गत बर्षदेखि रिसोर्ट सञ्चालन गर्नुभएका हरिबहादुर चन्दले रिसार्टको क्षमता विस्तार संगै स्विमिङ पुल सञ्चालनमा ल्याउनुभएको हो । गर्मियाममा स्विमिङको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन... पुरा पढ्नुहोस
आगोले जलेर घाइते भएकी बालिकालाई गाउँपालिकाको सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
बेनी २४ बैशाख । धवलागिरी गाउँपालिकाले आगोले जरेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि गाउँपालिकाले बीस हजार रुपैयाँ सहयोग गरेको हो । अध्यक्ष थमसरा पुनको निर्देशन अनुसार गाउँपालिकाका प्राबिधिक जनक धानुकले... पुरा पढ्नुहोस
लामपाटामा बसको ब्रेकफेल भएपछि सडकमै पल्टीयो बस
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी २४ वैशाख । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर नजीकै रहेको लामपाटामा बस दुर्घटनामा परेको छ । सोमबार साँझ बेनीदेखि दरबाङ जाँदै गरेको ग १ख ५१०३ नम्बरको बस लाम्पाटा पहिरो नजीकैको घुम्टीमा ब्रेक फेल भएर सडकमै पल्टीएको हो । दुर्घटनामा परि बसमा सवार ७ जना सामान्य घाइते भएका छन् । घाईते... पुरा पढ्नुहोस
मोना कतारको बहुउदेश्यीय अक्षयकोषमा साँस्कृतिक कार्यक्रमबाट ६ लाख जुट्यो
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी, २४ वैशाख । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमो बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि रकम जम्मा गर्न सुरु गरेको छ । नयाँ बर्ष २०७६ को अवसरमा कतारमा आयोजना गरिएको चौथो विविध साँस्कृतिक कार्यक्रमबाट बहुउदेश्यीय अक्षयकोषको लागि रु ६ लाख संकलन गरेको हो । साँस्कृतिक... पुरा पढ्नुहोस
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
बेनी २४ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको घरीथोकमा रहेको प्रतिनरमा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।स्थानीय सुर्यमुखी युवा क्लवको पहलमा दमप्रसाद घर्ती (कोरेठेगा)ले कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई एक वर्षका लागि आवश्यक कापी र कलम... पुरा पढ्नुहोस
रघुगंगामा पटके सवारीसाधन कर हट्यो
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस
रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार
- 6 बर्ष, 9 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस
सुशासन र विकास पत्रकारिता तालिम
- 6 बर्ष, 9 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
जोमसोम २३ बैशाख । मुस्ताङको जोमसोममा सुशासन र विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । अस्टे«लीयन राजदुतावासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको समन्वयमा सञ्चालित... पुरा पढ्नुहोस
औलामा सडक
- 6 बर्ष, 9 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
बेनी २३ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औला गाउँ सडक सञ्जालमा जोडिएको छ । हिस्तानको दोसल्ले देखि औला जोड्ने सडक निर्माण भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । औलामा सडकसंगै सहज यातायात सुविधाको पहुँच पुगेको वडा अध्यक्ष... पुरा पढ्नुहोस