बेनी नगरपालीकामा सामाजिक र आर्थिक विकास समितिको संयोजक फेरबदल

  • २१ जेष्ठ २०७६, मंगलवार
  • धिरन खत्री
  • 2423 पटक पढिएको

म्याग्दी, २१ जेठ । बेनी नगरपालिकाको कार्यपालिका समिति अन्तर्गत सामाजिक र आर्थिक विकास समितिको संयोजक परिर्वतन गरिएको छ । स्थानीय सरकार संचालन ऐनको नगरपालिका कार्य सम्पादन नियामावली २०७४ मा रहेर सामाजिक र आर्थिक विकास समितिको संयोजक परिवर्तन गर्दै कार्यपालिका सदस्य झलप्रसाद गौचन र गोरी दर्जीलाई संयोजकमा नियुक्त गरिएको हो ।


सामाजिक विकास समितिको संयोजकमा बेनी नगरपालिका वडानम्वर ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र आर्थिक विकास समितिको संयोजकमा वडानम्वर ६ का वडा अध्यक्ष कृष्णा बाँनिया रहेका थिए । सो पदमा रहेका पौडेल र बानियाँलाई हटाएर नगरप्रमुख हरिकमाुर श्रेष्ठले सामाजिका विकास समितिको संयोजकमा गौचन र आर्थिक विकास समितिको संयोजकमा दर्जीलाई नियुक्त गरेका हुन् ।
बेनी नगरपालिका नगरप्रमुख श्रेष्ठले स्थानीय सरकार संचालन ऐनको दफा १६ को उपदफा घ २ र नगरकार्यपालिका कार्य सम्पादन नियामावली अुनसार २०७४ को नियम १५ को उप– नियम २ बमोजिम आर्थिक र सामाजिका विकास समितिको संयोजक हटाउदै नयाँ संयोजक नियुक्त गरिएको जानकारी दिए ।
जेठ ३ गते बसेको नगरपालिकाको ४० आँै बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा मेयर र कार्यपालिका सदस्यहरुबिचको राजनीतिक मतभेदले कार्यपालिकाको बैठक अनिश्चित बनेको छ । भने सामाजिक र आर्थिक विकास समितिको संयोजक समेत हटाइएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l