वातावरण दिवसको अवसरमा विद्यार्थी र शिक्षकहरुले गरे बजार सरसफाई ( फोटो फिचर)

  • २२ जेष्ठ २०७६, बुधबार
  • 2522 पटक पढिएको

म्याग्दी २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजार सरसफाई गरिएको छ । लिटल गार्डेन एकेडेमिले आफ्नो बार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा सरसफाई गरेको हो । यस अघि दिवसको अवसरमा बेनी बजार स्थित कालिगण्डकी करिडोर सरसफाई गर्दै आएको विद्यालयले यस बर्ष करिडोरमा बजार संरक्षणको काम निर्माणधिन अवस्थामा रहेकाले बजार सरसफाई गरिएको हो ।


विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थीहरुको सहभागितामा बेनी बजार, बजार भित्रका सार्वजनिक स्थल र खुलामञ्च समेत सरसफाई गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले फाहोर संकलन गर्ने डस्टविन विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीलाई हस्तान्तरण गरि सरसफाई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

विहान दुई घण्टा बजार र सार्वजनिक स्थलको सरसफाई र फोहोर व्यवस्थापन संगै विद्यालयले विभिन्न १० ठाउँमा फोहोर संकलनको लागि डस्टविन समेत वितरण गरेको छ ।