ताजा अपडेट

मालिकामा एक लाख बढी भेटि संकलन

  बेनी ६ जेठ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका मन्दिरमा एकै दिन एक लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । चण्डी पूर्णीमा पर्वको अवसरमा शनिबार पुजाआजा र दर्शनका लागि मालिका पुगेका भक्तजनहरुबाट एक लाख १५ हजार तीन सय रुपैयाँ भेटि संकलन भएको हो । जनप्रतिनिधि, मन्दिर व्यवस्थापन... पुरा पढ्नुहोस

मंगलामा दिगो योजनालाई प्राथमिकतामा : अध्यक्ष रोका

म्याग्दी, ५ जेठ । आर्थिक बर्ष २०७६/७७ को लागि मंगला गाउँपालिकाले योजना तर्जुमाका जुट्ने तयारी थालेको छ । दुई बर्षमा गाउँपालिका मार्फत छनौट भएर कार्यान्वयन भएका विकास निर्माण योजनाहरुको समिक्षा सहित आगामी बर्षका योजनालाई दिगो र प्रभाबकारी बनाउनतर्फ गाउँपालिका जुटेको छ । कृषि, पर्यटन क्षेत्रमा सम्भावनायुक्त यस गाउँपालिकाले जनतालाई लाभ... पुरा पढ्नुहोस

लोप्रेमा आमा समूहको भवन निर्माण

  म्याग्दी २ जेठ । जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको भवनमा एक वटा सभाहल, एक वटा स्टोर (भण्डारण) कोठा, चर्पी... पुरा पढ्नुहोस

ससको बोतलभित्र सुर्तीको खोल

  बेनी ५ जेठ । म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ । रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो ।आइतबार दिउँसो खाजा खान गएका ग्रहाकहरुलाई पसल सञ्चालकले ससको वोत्तल दिएका थिए । अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका... पुरा पढ्नुहोस

युवालाई सवारी चालक तालिम

  बेनी ५ जेठ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको आयोजनामा आइतबार बेनीमा युवाहरुका लागि सञ्चालित सवारी चालक तालिम सम्पन्न भएको छ ।सिपको विकास गरि स्वरोजगार र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सवारी चालक धवलागिरी गाउँपालिकाका १० जना युवाहरुलाई सवारी चालक तालिम दिएको हो । २१ दिनसम्म... पुरा पढ्नुहोस

मालिकामा उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन कार्यक्रम

मालिका ५ जेठ । म्याग्दी भ्रमण वर्ष अन्तरगत जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत शनिबार मालिका धुरीमा पर्यटन प्रर्वद्धन कार्यक्रम भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा मालिका र रघुगंगा गाउँपालिकाको सिमा... पुरा पढ्नुहोस

बेगमा जेष्ठ नागरिकलाई सम्मान

  म्याग्दी, ५ जेठ । रघुगंगा गाउँपालिका– १ बेगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र... पुरा पढ्नुहोस

मालिका धुरीमा पुजाआजा गर्ने भक्तजनको घुईचो

मलिका ४ जेठ । म्याग्दीको मालीका गाउँपालिका –६, ७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा शनिबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा बिहान ५ बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ,... पुरा पढ्नुहोस

बेगमा नेकपा वडा कमिटिको पूर्ण बैठक

  म्याग्दी ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिकाको वडा न. १ बेगको वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले शनिबार सपथ लिएका छन् । बेगमा आयोजित वडा संगठन कमिटिको पूर्ण बैठकको अवसरमा गाउँपालिकाका कमिटिका अध्यक्ष दिपक कार्कीले सपथ गराएका हुन् । वडा कमिटिका अध्यक्ष नरसिङ पुनको अध्यक्षता, सचिव बालकुमार... पुरा पढ्नुहोस

पात्लेखेतमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाउने नगरपालिकाको निर्णय

म्याग्दी, ४ जेठ । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको आरसीयुपिको भवनमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाईने भएको छ । शुक्रवार बसेको बेनी नगरपालिका कार्यपालिका बैठकले कृषि सेवा केन्द्र रहेको भवनमा सञ्चालित धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कूललाई आगामी असार मसान्तभित्र सरकारी भवनबाट विद्यालय हटाउने निर्णय गरेको हो । सरकारी भवनमा निजि... पुरा पढ्नुहोस