गौश्वारामा पशु स्वास्थ्य शिविर
- २० जेष्ठ २०७६, सोमबार
- 1806 पटक पढिएको
बेनी २० जेठ । बेनी नगरपालिका–२ गौस्वाँरामा सोमबार एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरको वडा अध्यक्ष हिराबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । उहाँले कृषकहरुलाई घरदैलोमै प्राबिधिक सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताउनुभयो ।
दुई हजार भन्दा बढी पशुपंक्षिको औषधी उपचार गरिएको नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य, पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल, प्राबिधिक गौतम र शिवप्रसाद शर्माको टोलीले पशुपंक्षिको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा दिनुभएको थियो ।