पत्रकार कमल खत्री शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित
- १४ श्रावण २०७६, मंगलवार
- 2277 पटक पढिएको
म्याग्दी १४ साउन । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री शिक्षा पत्रकारीता पुरस्काबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारीता पुरस्कार २०७५ बाट खत्री पुरस्कृत भएका हुन् ।
खत्री “प्रादेशिक शिक्षा पुरस्कार(२०७५)” बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गराउदै महासंघले पुरस्कृत गरेको हो । उनलाई काठमाण्डौमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र महासंघका अध्यक्ष गोविन्द आचार्यले नगद २० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कार मध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’बाट म्याग्दी अनलाईन डटकम र समृद्ध साप्ताहिकका सम्पादक खत्री पुरस्कृत गरेको थियो ।
म्याग्दीमा विगत १ दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका खत्री नयाँ प्रत्रिका दैनिक, रासस, एविसी टेलिभिजन लगायतमा समेत आबद्ध रहेका छन् ।