शहिद मनोज र झपेन्द्रको सम्झनामा अस्पतालका विरामीलाई फलफूल वितरण

  • १५ श्रावण २०७६, बुधबार
  • 2166 पटक पढिएको

 

म्याग्दी, १५ साउन । मनोज र झपेन्द्र शहिद स्मृति दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरिएको हो ।


नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला कार्यसमिति म्याग्दीको अवसरमा कर्मचारीबाट राष्ट्रको सेवा गर्दागर्दै शहिद भएका मनोज र झपेन्द्रको सम्झनामा फलफूल वितरण गरिएको थियो । फलफूल वितरण कार्यक्तममा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल र निजामति कर्मचारीकोे उपस्थितमा गरिएको थियो ।


शहिद सम्मान कार्यक्रममा सांसद केसीले संघियता र सुशासनलाई प्रभावकारी बनाउन राज्यको नीतिमा रहेर जनतालाई प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारी आग्रह गरेका थिए । समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको उद्देश्यमा सेवाप्रवाहमा कर्मचारीको महत्वपुर्ण भूमिका हुने बताए ।

त्यस्तै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलले राजनीतिसंग कर्मचारी जोडिएपनि राज्यको नीतिलाई प्रभावकारी कर्मचारीको भूमिका रहेको बताए । उनले राज्यको नीतिमा रहेर संघियता कार्यान्वयन, विकास र शुसासनमा काम गर्न आग्रह गरेका थिए । त्यस्तै नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदी, निजामति कर्मचारी संगठन केन्द्रिय सदस्य सगुन कसोजुले श्रद्धान्जली मन्तव्य राखेका थिए ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, सचिव सोमबहादुर केसीको संचालनमा भएको कार्यक्तममा राज्यको सेवाबाट अवकाश लिएका कर्मचारीलाई सम्मान गरिएको थियो ।