ताजा अपडेट

बेनी–जोमसोम सडक सञ्चालन

म्याग्दी ३० असार । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रे भिरमा कालीगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि शुक्रबार दिउँसो देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्र्पक बिच्छेद भएको थियो ।... पुरा पढ्नुहोस

एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा बन्द

बेनी ३० असार । प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा प्रभावित बनेको छ । कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ—पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय... पुरा पढ्नुहोस

म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै

  बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । नेपालको... पुरा पढ्नुहोस

भानु जयन्तीको अवसरमा युवा लेखक घायलश्रीलाई सम्मान

म्याग्दी, २९ असार । २०६ औं भानुजयन्तीको अवसरमा म्याग्दी साहित्य संचारले आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । सो अवसरमा संचारका सस्थापक अध्यक्ष एवम् साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई सम्मान तथा रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा... पुरा पढ्नुहोस

बरंजामा सार्वजनिक सुनुवाई (तस्बिर सहित)

बरंजा २९ असार । मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस

बेनी पिस सिटीद्धारा उपचारका लागि कृष्ण घिमिरेलाई २५ हजार आर्थिक सहयोग

म्याग्दी, २८ असार । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ का कृष्ण घिमिरेलाई उपचारका लागि २५ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेको छ। शारिरिक रुपमा अपाङ्ग भएका घिमिरे लामो समय देखि ह्वील चियरको सहयातामा रहेका छन् । उनको शरिरमा देखिएको समस्यको थप उपचारका लागि कल्वले आर्थिक सहयोग... पुरा पढ्नुहोस

मोना फान्सद्धारा ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग

म्याग्दी, २८ असार । विपन्न म्याग्देलीको उपचारमा सघाउन जन्मीएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना फान्सद्धारा आर्थिक सहयोग गरेको छ । रोजगारको शिलशिलामा फान्समा बस्दै आएका म्याग्देलीहरुको संगठित संस्था मोना फान्सबाट ३ लाख सहयोग प्राप्त भएको हो । मोना फान्सका अध्यक्ष हेम बानियाँ र सल्लाकार मानबहादुर सेन्चुरीको संयोजनमा संकलन भएको... पुरा पढ्नुहोस

किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

बेनी २७ असार । स्वास्थ्य कार्यालय म्याग्दीको आयाजनामा बेनीमा शुक्रबार किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीमा पनि डेंगु रोगको लक्षय भएका बिरामी भेटिएपछि जनप्रतिनिधी, स्वास्थ्यकर्र्र्मी, स्वयंसेविक, विद्यार्र्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले डेंगु... पुरा पढ्नुहोस

रघुगंगामा आर्थिक बर्ष नसकिँदै आर्थिक कारोबार सकियो !

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्षको समय नसकिँदै आर्थिक कारोबारलाई टुंगाएको छ । आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रमहरुको सम्पूर्ण कारोबार असार २७ गते सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँपालिका मार्फत बजेट विनियोजन भएर उपभोक्ता समिति मार्फत... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी २७ असार । कालीगण्डकीले सडक कटान गरेपछि शुक्रबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । सिधा यातायात सम्र्पक बिच्छेद भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले... पुरा पढ्नुहोस