शिक्षक महासंघको अध्यक्षमा सुवेदी

  • ३१ श्रावण २०७६, शुक्रबार
  • 3213 पटक पढिएको

 

बेनी ३१ साउन । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ ।

महिला सहसचिवमा देवी आचार्य, अर्थ सहसचिवमा शान्तबहादुर नेपाली, सदस्यहरुमा मनिषा गुरुङ्ग, बालकुमारी खत्री, बिष्णुकुमारी सुवेदी, देवराज शर्मा, दुतबहादुर गर्बुजा, ओमकार पौडेल, जगतबहादुर खत्री, रमेश पौडेल र यामबहादुर खत्री चयन हुनुभएको छ । यसैगरी थप सदस्यहरुमा मुक्तिनाथ पौडेल, खगेन्द्र सापकोटा र बिनय श्रेष्ठ रहनुभएको निर्वाचन समितिका संयोजक दण्डपानी पराजुलीले जानकारी दिनुभयो । महासंघको बिधान अनुसार सदस्य संख्याको आधारमा पहिलो हुने संगठनले अध्यक्ष, सहसचिव र ४ सदस्य, दोस्रोले उपाध्यक्ष, सचिव र तीन सदस्य, तेस्रो हुनेले सहअध्यक्ष, महिला सहसचिव र तीन सदस्य पाउने व्यवस्था छ ।

शिक्षक संगठनका प्रतिनिधिहरु संस्थागत सहसचिव हुने बिधान छ । यसैगरी महासंघको स्थानीय तहका कमिटिहरुको पनि घोषणा गरिएको थियो । बेनी नगर कमिटिको अध्यक्षमा दिपक श्रेष्ठ, रघुगंगामा याम शेरपुञ्जा, अन्नपूर्णमा रमन पुन, मंगलामा भद्रबहादुर जिसी, मालिकामा डम्मर घर्ती र धवलागिरीमा हरिहर पौडेल चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षक आन्दोलनका प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउदै बालशिक्षा सहयोगी कर्ताकर्ता र विद्यालय सहयोगीहरुको समस्यामा आन्दोलन केन्द्रित गरिने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजा, शिक्षक संघका केशव रेग्मी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।