विना कारण र्दुव्यवहार भयो : वडा अध्यक्ष थापा (भिडियोसहित)
- ३० श्रावण २०७६, बिहीबार
- 2730 पटक पढिएको
म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापाले विना कारण र्दुव्यवहार भएको बताएका छन् । चन्द्रा नदिएको कारण विभिन्न आरोप लगाएर र्दुव्यवहार गरेको स्पष्टीकरण दिएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले आरोप प्रमाण गर्न दुव्र्यवहार गर्ने टोलीलाई चुनौती दिएका छन् । नेकपा विप्लपले लगाएको आरोप प्रमाणित भएमा कानुनी कारबाही भोग्न तयार रहेको उनले बताए ।
जनताको सेवा गर्न कार्यालय आएको समयमा विहान ९ बजे आधुनिक हतियार देखाएर दुव्र्यवहार गरेको पत्रकारसमक्ष बताएका छन् । बजेट अनियमिता, भष्ट्रचार, कमिशनको आरोप मागेको चन्द्रा नदिएपछि लगाएको उनले बताए । नेकपा बेनी नगर कमिटिका अध्क्षय शेरबहादुर केसीले वडाअध्यक्षप्रति नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति घोर भत्र्सना गरेको छ । जनताको सेवाका लागि जनताको मतद्धारा निर्वा्चित भएर खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय व्यवहारप्रति कमिटि अध्यक्ष केसीले आपत्ती जनाएका हुन् ।
पाटीले यो घटना ब्यक्तिगत नभई राजनैतिक भएको ठहर गरेको छ । घटनामा विचलित नभई जनताको सेवामा निर्भिकता पुर्वक कार्यमा लाग्न थापालाई निर्देशन दिएका छन् । पाटीले थापालाई लगाईएको आरोपहरु पुष्टि गर्नलाई सम्वन्धित पक्षलाई चुनौती दिएका छन् ।
घटनामा संग्लन विभिन्न पक्षहरुको पहिचानमा पाटीले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । घटना संग्लनलाई कानुनी कारबाहीमा लिने बताए । नेकपाका अध्यक्ष गोविन्द्र पौडेल, नेता विनोद केसी, देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी र नगरकमिटि सचिव राजकुमार थापा लगायतको उपस्थित भएको थियो ।