दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • ३१ श्रावण २०७६, शुक्रबार
  • 2169 पटक पढिएको

म्याग्दी ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कापिला नेपाल पोखराले स्रोत कक्षाका १० जना दृष्टिविहिन र विद्यालयका २ जना थप दुई जना गरिब विद्यार्थीहरुलाई जनहरु रु १ हजार ५ सय बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरेको हो ।

विद्यालयका कार्यवहाक अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सामाग्री वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले दृष्टिविहिन बालबालिकाहरुको उज्वल भविश्यको लागि सहज शिक्षाको प्रवन्ध गर्न सबै सरोकारवालाहरुबिच हातेमालो आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रेमनाथ शर्मा , कोपिला नेपालद्धारा सञ्चालित स्वाबलम्बन समुहका सचिब योगेन्द्र बहादुर बानियाँ, विद्यालयका प्रअ पर्शुराम गौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सुवेदी, दृष्टिविहिन स्रोत शिक्षक गणेश सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सामाजिक सहजकर्ता भुवन सापकोटाले गर्नुभएको थियो ।