ताजा अपडेट

विना कारण र्दुव्यवहार भयो : वडा अध्यक्ष थापा (भिडियोसहित)

म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापाले विना कारण र्दुव्यवहार भएको बताएका छन् । चन्द्रा नदिएको कारण विभिन्न आरोप लगाएर र्दुव्यवहार गरेको स्पष्टीकरण दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले आरोप प्रमाण गर्न दुव्र्यवहार... पुरा पढ्नुहोस

वडाअध्यक्ष थापामा गरिएको दुव्र्यवहारप्रति नेकपाका सांसद र नेताद्धारा भ्रत्र्सना

म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापामा गरिएको दुव्र्यवहारप्रर्ति म्याग्दीका नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर भ्रत्र्सना गरेको छ । विहिबार वडाअध्यक्षप्रति सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति म्याग्दीका सांसद तथा जिल्ला नेताले भ्रत्र्सना गरेका हुन् । जनताको सेवाका लागि जनताको मतद्धारा निर्वा्चित भएर... पुरा पढ्नुहोस

वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी, ३० साउन । बेनी नगरपालिका– २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलिएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो दलेको हो । भ्रष्टाचार, बजेट वितरणमा अनियमितता गरेको आरोप लगाउदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जानकारी दिएको छ । पुरा पढ्नुहोस

जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)

बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस

विप्लपका नेतालाई थुनामा राख्न कारागार पठाइयो ( भिडियो सहित)

बेनी २९ साउन । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) समूहका दुई नेता बुधबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यका विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा सतुवाको व्यावसायिक खेती विस्तार

बेनी, २९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाले बहुउपयोगी जडिबुटी सतुवाको व्यवसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावनायुक्त गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम, मुनामा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा सतुवा खेती विस्तारमा रु १७ लाख बजेट परिचालन गरेको छ । स्थानीयले... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको ७ औँ अधिबेशन सम्पन्न

म्याग्दी, २९ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दिको ७ औं अधिबेशनबाट देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ ।  कार्यसमितिको प्रथम उपाध्यक्षमा धुव्र जिसि, दित्तीय उपाध्यक्षमा एकराज चापागाई, महिला उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पदम बिश्वकर्मा, कोषाध्यक्षमा देबि जिसि, सह– कोषाध्यक्षमा रबि कार्की, सह–सहसचिबमा बिजुन... पुरा पढ्नुहोस

जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण

म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २... पुरा पढ्नुहोस

वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)

कमल खत्री म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् ।  ... पुरा पढ्नुहोस

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण :अध्यक्षमा लोक राम्जाली

  बेनी २८ साउन । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ ।  सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट... पुरा पढ्नुहोस