क्रसर उद्योगमा विप्लपको कालो ब्यानर
- २० भाद्र २०७६, शुक्रबार
- 2180 पटक पढिएको
सन्तोष गौतम
बेनी २० भदौ । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा सम्बद्ध जिल्ला जनपरिषद् म्याग्दीले बेनी नगरपालिका–५ बगुवाखोलाको जिसी क्रसर उद्योगमा नदीजन्य बस्तुको जथाभावी दोहन रोक्न माग गरिएको कालो ब्यानर राखेको छ ।
‘गिटी, बालुवा जथाभावी उत्खनन् तथा म्याग्दी–कालीगण्डकीको दोहन कार्य तुरुन्त बन्द गर’ जिल्ला जनपरिषद्, म्याग्दीको नाममा क्रसर उद्योगमा राखिएको ब्यानरमा उल्लेख छ । बुधबार रातीको समयमा राखिएको ब्यानर बिहीबार प्रहरीले हटाएको छ ।
बिहान कालो ब्यानर राखेको देखेपछि क्रसर उद्योगका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
क्रसर उद्योगको नाममा नदीजन्य पदार्थको जथाभावी उत्खनन् र दोहन भएको विप्लप समूहको आरोप छ । उद्योगका सञ्चालकले भने कर तिरेर राज्यको नीति नियम अनुसार उद्योग सञ्चालन गरेको दावी गरेका छन् ।