पाखापानीको उपल्लो ठूलो खोलामा झोलुङ्गे पुल निर्माण (फोटो फिचर)

  • १९ भाद्र २०७६, बिहीबार
  • 2683 पटक पढिएको

बेनी, १९ भदौ । रघुगंगा गाउँपालिका–६ ठाखानीको उपल्लो ठूलो खोला झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पुलको मंगलबार वडा अध्यक्ष मनकुमार शेरपुजाले उद्घाटन गर्नुभयो ।

यो पुलले ठाडाखानी, दुख, बिमका बासिन्दाका साथै धार्मिक पर्यटकीय स्थल मालिका जाने आउने पर्यटक र भक्तजनलाई सुबिधा पुग्ने बताउनुभयो । ५७ मिटर लामो झोलुङ्गे पुलबाट १०३ घरधुरीका ५४० जनसंख्या लाभान्वित भएका छन् । ३३ लाख ८० हजार २३६ रुपैयाँको लागतमा पुल निर्माण भएको हो । गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राबिधिक सहयोग गरेको थियो ।

पुल निर्माणका लागि टिबिएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको थियो । मजदुरको ज्याला, निर्माण सामग्री खरिदको भुक्तानी गाउँपालिकाबाट भएको हो । उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालको अध्यक्षता, मनबहादुर छन्त्यालको सञ्चालन र पष्ट छन्त्यालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य प्रेमकुमारी पुन र टेकजित छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा पाखापानी प्रहरी चौकीका प्रमुख असई दिपक क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।