ताजा अपडेट

पब्लिक भिजन केवलको साधारणसभा

म्याग्दी,७ मंसिर । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा... पुरा पढ्नुहोस

राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड

थम्मन थापा बागलुङ  ७ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको तयारी पुरा

म्याग्दी ७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा संचालन हुन लागेको १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको आयोजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि... पुरा पढ्नुहोस

गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

  म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए । बैंकले हरेक वर्षको वार्षिकोत्सवको... पुरा पढ्नुहोस

प्राङ्गारिक र रैथाने बाली संरक्षणमा जोड

म्याग्दी ७ मंसिर । म्याग्दी र मुस्ताङ जिल्लामा प्राङ्गारिक रुपमा रैथाने बाली संरक्षणमा कृषि प्रर्वद्धन कार्यक्रममा जोड दिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले रासायनिक मल र विषादीको प्रयोग न्युनीकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणमा जोड दिदै बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।... पुरा पढ्नुहोस

नौ मन्त्री बनाउन नेकपाका तीन नेताबीच भागबन्डा

म्याग्दी, ५ मंसिर ।  नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन्।... पुरा पढ्नुहोस

सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’

कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई

म्याग्दी, ५ मंसिर । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे ।  बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हतारमा थिए । उनीहरुले हातमा फूलका गुच्छा, माला... पुरा पढ्नुहोस

कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव

धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस

विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन

म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो... पुरा पढ्नुहोस