म्याग्दीका दुई कलाकारद्धारा अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

  • २० पुष २०७६, आईतवार
  • 3900 पटक पढिएको

म्याग्दीका कलाकारद्वय विकास विश्वकर्मा र ज्ञानु राना फगामी अभिनित म्युजिक भिडियो ” डोली” सार्वजनिक भएको छ । अत्यन्तै मार्मिक विषयमा तयार गरिएको यस गीतले छोराछोरीको इच्छा विपरित अभिभावकले आफुखुशी विवाह गरिदिन खोज्दा उत्पन्न समस्यालाई देखाइएको छ ।

  श्रीधर पाण्डेको शब्द, नारायण दंगालको संगीत/एरेञ्ज तथा सिद्धान्त परियारको आवाज रहेको यस गीतमा अनिल परियार,नारायण दंगाल, पुष्पा पोख्रेल लगायतका अन्य कलाकारको समेत भूमिका रहेको छ । ‘नारायण दंगाल’ को युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको छायाङ्कन नुवाकोटमा गरिएको थियो ।