ताजा अपडेट

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

  म्याग्दी २२ पुष । जिल्लाको बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो... पुरा पढ्नुहोस

रैथानेबालीलाई जोगाउन पकेट क्षेत्र निर्धारण

म्याग्दी, २१ पुस । रैथानेबालीलाई जोगाउन स्थानीतहअनुसार पकेट क्षेत्र निर्धारण गरिएको छ। कृषि ज्ञान केन्द्रको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक र कृषकहरुको उपस्थितमा पकेट क्षेत्र निर्धारण गरिएको हो । रैथाने तथा स्थानीय बालीको उत्पादन क्षेत्र यकिन तथा बजारिकरण सम्वन्धि आयोजित अन्तरक्रियामा सरोकारलवाहरुले लोपोन्मुख रैथानेबाली संरक्षणमा जोड दिन आग्रह गरेका... पुरा पढ्नुहोस

चालक सहित डोजर पुरियो

म्याग्दी,२१ पुस । म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिदा चालक वेपत्ता भएका छन् । हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान एक्साभेटर पुरिएको हो । सडक माथिबाट खसेको पहिरोले पुरिएर चालक धवलागिरी गाउपालिका–४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन वेपत्ता भएको घटनास्थल पुगेका हिलापोखरी स्थित जगन्नाथ... पुरा पढ्नुहोस

आजको मौसम, हल्का वर्षाको सम्भावना

पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।... पुरा पढ्नुहोस

हाटबजारको टहरा प्रयोगविहिन

  म्याग्दी, २० पुष । सदरमुकाम बेनीको बहुउद्देश्यीय मैदानमा रहेको हाटबजारको टहरा प्रयोग विहिन भएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनीधी र सरोकारवालाहरु र नीजि क्षेत्रको वेवास्ताका कारण हाटबजारको टहरा प्रयोगविहिन भएको हो । विगत तिन बर्षदेखि हाटबजारमा निर्माण भएको टहरामा तरकारीजन्य बस्तुहरुको विक्रि र अन्य प्रयोजनका लागि सरोकारवालाहरुको ध्यान नजादाँ... पुरा पढ्नुहोस

डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए

  अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ... पुरा पढ्नुहोस

म्याग्दीका दुई कलाकारद्धारा अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

https://youtu.be/LtVqqYPN8co म्याग्दीका कलाकारद्वय विकास विश्वकर्मा र ज्ञानु राना फगामी अभिनित म्युजिक भिडियो ” डोली” सार्वजनिक भएको छ । अत्यन्तै मार्मिक विषयमा तयार गरिएको यस गीतले छोराछोरीको इच्छा विपरित अभिभावकले आफुखुशी विवाह गरिदिन खोज्दा उत्पन्न समस्यालाई देखाइएको छ ।   श्रीधर पाण्डेको शब्द, नारायण दंगालको संगीत/एरेञ्ज तथा सिद्धान्त परियारको आवाज रहेको यस... पुरा पढ्नुहोस

काँग्रेसले राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी बिमला गौचन छनौट

म्याग्दी, २० पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट म्याग्दीकी बिमला गौचन उम्मेदवार चयन भएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको हो । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले गण्डकी... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा, उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार : मन्त्री पुन ( फोटो फिचर)

बेनी, १९ पुस । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा माथि उठेर उद्योग सञ्चालन र... पुरा पढ्नुहोस

हाते ट्याक्टरबाट खेत जोत्न किसानलाई सहज

म्याग्दी, १९ पुस । परम्परागत रुपमा हल गोरुबाट जोत्दै आएको रघुगंगा गाउँपालिका–२ राखु पखटोलको खेतमा यसबर्षदेखि मिनिटेलर हलो –(हाते ट्याक्टर) बाट जोतिएको छ। धान थन्काएपछि गहुँ र आलु लगायतको हिउँदे खेती लगाउन मिनिटेलर हलोबाट सहज भएको कृषक देवी केसीले बताईन । एकघण्टामा दुई मुरी धान आउने खेत हाते ट्याक्टर हलोबाट... पुरा पढ्नुहोस