ताजा अपडेट

विजय गच्छादारसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी,... पुरा पढ्नुहोस

क्याम्पस प्रमुखमा गोरख जिसी

म्याग्दी, २२ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा गोरख जिसीले बुधबार पदभार ग्रहण गरेका छन् । क्याम्पस सञ्चालक समितीले क्याम्पस प्रमुखको जिम्मेवारी जिसीलाई गराएको हो । क्याम्पस सञ्चालक समितीका अध्यक्ष बालकृष्ण सुबेदीेले जिसीलाई नयाँ नियूक्ति पत्र हस्तान्त्ररण गराएका हुन् । निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटाको ४ बर्षे... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु ( फोटो फिचर)

म्याग्दी २२ माघ ।  म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको... पुरा पढ्नुहोस

अन्नपूर्ण अध्यक्ष कपमा राम्चेको बर्चस्व

  म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम राम्चे राम्चे भएको छ । पुरुष बास्केटबल प्रतियोगितामा वडा न. ४... पुरा पढ्नुहोस

यसरी मनाईयो म्याग्दी क्याम्पसमा क्युएए उत्सव (तस्बिर र भिडियो सहित)

म्याग्दी २१ माघ । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )

https://www.youtube.com/watch?v=e8ZqIgf55mQ&feature=share&fbclid=IwAR1wlW02QVCFNrfkZq59pxARjUXIWWArwyIBUxnI2s8KpZWiQyjBo_Aysyw म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर  उत्सब   मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव... पुरा पढ्नुहोस

वडा कार्यालय र रेडक्रस सोसाइटी भगवती शाखाको संयोजनमा केसीको उपचारमा सहयोग

  म्याग्दी,२१ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी लगायतको विरामीको उपचारमा वडा कार्यालय र नेपाल रेडक्र सोसाईटी भगवती शाखाले आर्थिक सहयोग गरेको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि स्वदेश तथा विदेशमा नेपालीहरुबाट सहयोग संकलन अभियान... पुरा पढ्नुहोस

मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….

म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस

हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस

बागलुङमा छतबाट खसेर बालिकाको मृत्यु

बागलुङ २० माघ ।  बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृत्यु भएको हो। रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट... पुरा पढ्नुहोस