ताजा अपडेट

नेकपा निकट प्रेस सङ्गठनले बोलायो पुस १२ मा राष्ट्रिय भेला

काठमाडौँ ।  प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए । ... पुरा पढ्नुहोस

मंगला युवा क्लबद्धारा बालबालिकालाई पोशाक वितरण (तस्बिर सहित)

म्याग्दी ५ पुस । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा रहेको मंगला युवा क्लबले जानकी आधारभुत विद्यालयका बालबालिकाहरुलाई पोशाक वितरण गरेको छ । क्लबको ‘मंगला शिक्षा अभियान’ अन्र्तगत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २८ जना बालबालिकाहरुलाई रु १ लाख २० हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो । विद्यालयमा आयोजित... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिका स्तरीय शिक्षक महासंघबाट घाईते प्रअको उपचारमा ९० हजार बढी सहयोग

म्याग्दी, ४ पुस । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अगुवाईमा गाउँपालिकाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय... पुरा पढ्नुहोस

नगरपालिकामा आन्दोलित मजदुर कर्मचारीको माग सम्बोधन गर्न अनेरास्ववियूको माग

सन्दिप शर्मा म्याग्दी ४ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले मजदुरको आवाजको सुनुवाई गर्नु पर्ने बताएको छ । बेनी नगरपालिकाको कार्यलयमा शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले सदरमुकाम बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामा सुन्नमा आएको भन्दै तत्काल मजदुरको... पुरा पढ्नुहोस

बेनीको फोहोर व्यवस्थापन : तलब नपाएपछि कर्मचारीले रोके काम, उठ्न छाड्यो फोहोर (भिडियो सहित)

म्याग्दी ४ पुस । म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसंगै बजार क्षेत्रको फोहोर उठ्न छाडेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि मार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरुले फोहोर संकलनको कार्य रोकेका हुन् । बेनीमा मङ्सिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन... पुरा पढ्नुहोस

इमान्दारिताको नमुना कार्य : नगद सहित भेट्टाएको झोला युवा व्यवसायि शर्माले गरे फिर्ता !

म्याग्दी ३ पुस । म्याग्दीका एक युवा व्यवसायिले बाटोमा भेट्टाएको नगद र चेक सहितको महोत्वपूर्ण सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । विहिवार अपरान्त अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनी देखि दानातर्फ जाने क्रममा जिपको झ्यालबाट खसेर हराएको झोला फेला पार्नुभएका रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिको खोजी... पुरा पढ्नुहोस

गलेश्वरमा फाईबर प्रविधि मार्फत टेलिकमको इन्टरनेट र फोन सेवा (भिडियो सहित)

म्याग्दी ३ पुस । नेपाल टेलिकमले तीव्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा अन्र्तगत पहिलो पटक म्याग्दीको गलेश्वरबाट आफ्नो सेवा सुचारु गरेको छ । पुरानो प्रविधिमा आधारित सेवालाई फाईबर रुपान्तरण गर्दै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारमा परिक्षण गरिएको सेवा सफल भएको... पुरा पढ्नुहोस

म्याग्देली गायक गगनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १ पुस । म्याग्देली चर्चित गायक गगन पुनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’बोलको गीतले चर्चा बटुल्न थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका युवा गायक पुन र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । मङ्सिर अन्तिम साता युटुब मार्फत सार्वजनिक गरिएको... पुरा पढ्नुहोस

फोहोर व्यवस्थापन नगर्नु घातक:राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

पर्वत २ पुस । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो... पुरा पढ्नुहोस

कृषि विकास रणनीति कार्यान्वयनमा जोड

म्याग्दी, २ पुष । ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधारका लागि कृषि क्षेत्रको उत्पादन बढाउन स्थानीय तहमा कृषि विकास रणनीति कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा भएको स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र कृषि प्राविधिक उपस्थित रहेको कार्यक्रममा कृषि... पुरा पढ्नुहोस