कोरोना कहर अवधीको शिक्षाः शोकलाई शक्तिमा रुपान्तरणको तयारी ।

  • १७ जेष्ठ २०७७, शनिबार
  • 215 पटक पढिएको

विश्वभर कोरोना संकमणले ५० लाखको आकडा पार गरेको छ । विश्व मानव जगत नै आईसोलेसनमा छ । विश्व अर्थतन्त्र र सामाजिक क्रीयाकलापहरुमा मन्दी लागेको छ । यसले विश्व जनसङ्ख्याको २३ प्रतिसत रहेको विद्यार्थी बर्गलाई सबै भन्दा धेरै असर पारेको छ । विभिन्न अध्ययनहरुले यो अवधीमा धेरै बालबालिकामा मनोरोग देखिने सम्भावना रहेकोे देखाएको छ ।
कोरोनाले नेपालमा सबै भन्दा क्षती पु¥याएको भनेको शिक्षा क्षेत्र हो । अहिले नेपालमा अध्ययनरत करिव ६३ लाख विद्यार्थी कोरोनाको प्रत्यक्ष मारमा परेका छन् । कोरोनाका कारण अझ न्युनतम ४–५ महिना विद्यालय खोल्नसक्ने सम्भावना अत्यन्तै न्युन रहेको छ । यसले विद्यार्थीको मनोविज्ञानमा ठुलो आघात पु¥याउन सक्ने सम्भावना रहेको छ । यसको लागी विविध पक्षले आ–आफ्नो ठाउँबाट भुमिका निवाह गर्ने बेला आएको छ ।विषयको सुरुवात छिमेकी देश भारतको नयाँदिल्ली सरकारको घोषणाबाट गरौं । नयाँदिल्लीका शिक्षा मन्त्री मनिस सिसो

डियाले पत्रकार सम्मेलन गर्दै १–८ कक्षाका विद्यार्थीलाई अभिभाव र प्रविधीको संलगतामा एस.एम.एस र आईविआर(रेकर्ड गरिएको कल) विधिबाट अध्यापन गराउने कार्यक्रमको सुरुवात गरे । “एक दिन, एक गृहकार्य” भन्ने मुल नारा सहित विद्यार्थीहरुको अभिभावक

लाई गृहकार्य पठाउने र कक्षा सुरु भएपछि गृहकार्य चेक गर्ने निर्णय गरेको छ । विद्यार्थीको मनोविज्ञानलाई ख्यालमा राखी एक दिनको फरकमा प्रतेक विद्यार्थी सगँ शिक्षकले फोन सम्पर्क गर्न निर्देशन दिए । भने कक्षा ९–१२ का विद्यार्थीलाई सम्भव भएसम्म अनलाईन कक्षा र सम्भव नहुलेलाई टिभीबाट शिक्षण गर्ने निती लागु गरे । साथै प्रतेक विद्यार्थीलाई डाटा प्याकेज र टिभी प्याकेज किन्नका लागी आर्थिक साहयताको घोषणा गरे । पछिल्लो समय दिल्ली सरकारले सार्वजनिक शिक्षा सुधारका लागी उदारणिय काम गरिरहेको छ । त्यसैको निरन्तरता कोरोना अवधी लामो हुने देखिएपछी शिक्षालाई प्रथामिकतामा राख्दै काम गरिरहेको छ । यी बुदा नेपाल जस्ता अल्प विकशीत राष्ट्रकालागी पनी सिकाईको विषय हुनेछ ।

नयाँदिल्ली सरकार जस्तै बाग्लुङ्गको बरेङ् गाउँपालिकाले पनी “हेल्लो अभिभावक शिक्षा” कार्यक्रम सुरु गरेको छ । पाठ्य पुस्तक आएको छैनन् । यावत समस्याको बाबजुत घरमै बसेर पनी अध्यनमा कसरी लाग्ने, पुराना पाठ्यपुस्तक तथा प्रविधीको प्रयोग गरेर कसरी सिकाउने र सिक्ने ज्ञान दिदै शिक्षक नै घरदैलो गर्न थालेको छन् । कार्यक्रमको मोडालिटी सम्भव भएसम्म विद्यार्थी र अभिभावक समक्ष शिक्षकहरु आफै पुग्ने र सम्भव नभए फोनबाट सम्पर्क गरेर मार्गदर्शन गरिहेको प्रशासकिय प्रमुख रमेश थापाको भनाई ईङ्कित गर्दै धोरपाटन निउज डट कमले लेखेको छ । कार्यक्रमको लागी फोन खर्च भनेर गाउँपालिकाले प्रतेक विद्यालयलाई रकम विनियोजन गरेको छ ।

यो कार्यक्रमलाई अरु गाउँपालिकाले पनी यथासक्य छिटो यो कार्यक्रमलाई सुरु गर्दै “एक दिन एक काम” थप्न सकिन्छ ।
“एक दिन एक काम” अवधारणा
अबको लामो समय कोरोना अवधी अघीको मोडालिटीमा अध्यन अध्यापन सम्भव देखिदैन । कोरोनाको भ्याक्सिन नबनेसम्म बैकल्पिक र व्यवहारीक शिक्षण पद्धती खोज्नुको विकल्प छैन् ।
केही विद्यालय÷कलेजहरुले जुम, गुगल मिट, माईक्रोसफ्ट टिम लगायत टुल्सहरुको प्रयोग गरी अनलाइन कक्षाहरु सुचारु गरेको छन् । तर शिक्षक तथा विद्याथीमा प्राविधी न्युन चेत, अन्तरकृयात्मक कक्षाको कमी, नियमित कक्षा र अनलाईन कक्षाको शिक्षण विधीमा फरक हुन नसक्नु, कमजोर ईन्टरनेट र धेरै विद्यार्थीको पहुचमा ईन्टरनेट नपुग्नु, सबै विद्यार्थीको डाटा, मोवाईल, कम्प्युटर आदीमा पहुच नहुनु मुख्य समस्या हुन् । यि कारणले मुख्य रुपमा स्नाकोत्तरका सुरु भएका अनलाईन कक्षाहरु पनी प्रभावकारी हुन सकेका छैनन् । यसैले तल्लो कक्षामा अनलाईन कक्षाको प्रभावकारीता अत्यन्त न्युन रहेको छ । तर प्रविधीको भरपुर प्रयोग गर्नुको अको विकल्प चै छैन् । तर अनुसन्धान मुलक रुपमा “एक दिन एक काम” कार्यक्रम बैज्ञानिक विधीबाट सुरुवात गर्न सक्ने हो भने अनलाईन शिक्षा केही हदसम्म प्रभावकारी हुन सक्छ ।
अहिलेको समयमा शिक्षा क्षेत्रको निरन्तरता र विकासका लागी स्थानिय तहहरुको भुमिका महत्वपुर्ण भएर आउछ । पहिलो शिक्षा क्षेत्रमा विकास बजेटको न्युनतम २० प्रतिशत विनियोजन गर्नु पर्दछ । शिक्षकहरुलाई प्रविधीको प्रयोग कसरी गर्ने भनेर प्रशिक्षणको व्यवस्थापन सकेसम्म छिटो गर्नुपर्ने आवश्यकता अवको रहेको छ । र अव गाउँपालिकाको लागी कस्तो जनशक्तिको आवश्यकता हो त्यहि अनुसारको पाठ्यक्रममा एकरुपता देखिनु पर्छ । र कोरोना अवधीमा अध्यापनको मोडल स्थानीय निकायले विद्यालयलाई दिन आवश्यक छ ।
अध्यापन मोडालिटीको तहगत उदारहण…
१. बालशिक्षा देखी कक्षा ३ सम्म: प्रविधीको प्रयोग गरि अध्यापन गराउन सबै भन्दा कठिन बालशिक्षा देखी कक्षा ३ सम्म अध्ययनरत उमेर समुहको बालबालिकालाई हो । यो समुहलाई अभिभावकको प्रत्यक्ष संलग्नता गराई अध्यापनमा जोड दिनुपर्छ । म्यासेन्जर, एस.एम.एस, वा मोवाईल एप्सद्धारा दैनिक केही गृहकार्य दिन सकिन्छ । अभिभावकको सहयोगमा शिक्षकले फोटोको माध्यमबाट गृहकार्य नियमन गर्न सकिन्छ । यसले कलिलो मस्तिष्कमा प्रविधीको मनोबैज्ञानिक चेत घुसाउछ । र यो पुस्ता समयान्तरमा पुर्ण प्राविधिक चेत सहित हुर्कनेछन् ।
२. ४ देखी कक्षा ८ सम्मः यो उमेरसमुह सबैभन्दा उर्जाशिल र बौद्धिक विकासको समय हो । उनीहरुलाई तत्काल प्रविधीको दुनियामा छिर्न मदत गर्ने खालको शिक्षण पद्धती सुरु गर्नु पर्छ । यो समुहलाई आज यो पुस्तकको यती पानाको उत्तर लेखेर पठाउ भन्ने विधीबाट शिक्षण पद्धती परिवर्तन गर्नु पर्दछ । यो जिज्ञासु उमेर समुहको पुस्ता हो । अहिले सम्मको शिक्षण विधीमा विद्यार्थीलाई कारिन्दा बनाउने रणनिती थियो । अब जिज्ञासु बनाउन प्रयास गर्नु पर्छ । जस्तोः कक्षा ५ को विद्यार्थीलाई गणितको व्याजदर शिर्षक अध्यापन गराईदै छ भने व्याजदरको प्रकृया सगैँ गाउँघरको व्याजको पद्धतीको बारेमा बुझ्न प्रेरित गरौ । बैंकको व्याज पद्धतीको बारेमा बुझाउ । कक्षा ८ को विद्यार्थीलाई सामाजिक शिक्षा पढाउदा गाउँको दाईजो पर्था, छुवाछुत, मठ मन्दिरको विषयमा रिपोर्ट लेख्न प्ररित गरौं । यसले विद्यार्थी र समाजको दुरी कायम गर्न अहम भुमिका निर्वाह गर्ने छ ।
३. ९ देखी १२ सम्मः यो समुहलाई पुर्ण अनुसन्धानमुलक शिक्षामा फोकस गरौं । विद्यार्थीलाई कुनै एउटा शिर्षक दिएर त्यसको बृहत आयम बाट अध्ययन गर्न प्रोत्साहन गरौं । जस्तो ः सरकारको अंगहरुको बारेमा विद्यार्थीलाई अध्यापन गराउनु छ । मानौः गाउँपालिकाः गाउँपालिकाले के काम गर्न ? बजेट विनयोजनका प्रकिया के के हुन्छन् । यो विषयमा विद्यार्थीको लागी खोजि गर्न गृहकार्य दिऊ । यसको प्राविधीक पाटो नियमण गर्न सामाजिक शिक्षकलाई दिउ । यसको भाषा प्रयोग, वाक्यसंरचना नेपाली शिक्षकलाई दिउ । त्यहि रिपोर्टलाई अंग्रेजिमा पुनलेखन गर्न लाउ र अंगे्रजिका शव्द र वाक्य संरचना भाषा अंग्रेजी शिक्षकलाई दिउ । सबै विषयलाई यसरीनै रचनात्मक प्रकृतीबाट अध्यापन गराउदा धेरै फलदायी हुनेछ ।
४. स्नातक र स्नाकोत्तर ः यी कक्षाहरु पुर्ण अनुसन्धात्मक बनाउ । विद्यार्थीलाई समाज र संजालको प्रयोग गरी विषयमा अध्ययन गरी प्रस्तुतिकरणको लागी सक्षम बनाउ । जस्तोः कुनै विषयमा अध्यनका लागी पुर्ण स्वतन्त्रताले छोडीदिउ र त्यो एसाईटमेन्ट सकिएपछी पस्तुतिकरणको लागी प्रविधीको पुर्ण प्रयोगको प्रयास गरौं ।
स्नातक र स्नाकोत्तर अध्यापनको लागी क्यापसले पुर्ण जिम्बेवारी लिनु पर्छ । भने विद्यालय तहको शिक्षाको लागी स्थानिय तहको मुख्य जिम्बेबारी हुन्छ । शिक्षक प्रशिक्षण र परिचालन, आर्थिक र शैक्षिक सामाग्रीको व्यवस्थापन र लकडाउन अवधीको लागी आवश्यक बैकल्पीक पाठ्यक्रम आदीको व्यवस्थापन स्थानिय तहले गर्नुपर्ने समय आएको छ । विद्यालयले दैनिक कार्य तय गर्दै कम्तिमा दिनको एक पटक शिक्षक सगँ सम्पर्क हुनसक्ने बातावरण तयार गरौं ।
यो कोरोना अवधीमा शिक्षालाई प्रविधी बनाउन सबैले आफ्नो स्थानबाट आवश्यक भुमिका निभाउ । सार्वजनिक विद्यालयका शिक्षकले प्रविधी प्रयोगका लागी समय लगानी गरौं । आवश्यक पर्छ भने भोलेन्टर शिक्षक खटाउ । कलेज पढ्दै गरेको ठुलो समुह भोलेन्टर शिक्षकका रुपमा सहयोग गर्न तयार हुनेछ । अहिले सम्म शिक्षण शिकाई दुई पक्ष थियो । अब शिक्षण शिकाईमा अभिभावक पनी समेट्दै त्रिखुट्टे शिक्षानिती अवलम्बन गरौ । र अबको समयको मागलाई सम्बोधन गर्ने शिक्षामा पाईला चाल्न अलमल नगरौं ।

सागर भण्डारी ।