गणतन्त्र दिवस र जेसीज स्थापना दिवसमा बेनीमा दिप प्रज्वलन ( तस्बिर र भिडियो)

  • १५ जेष्ठ २०७७, बिहीबार
  • 2285 पटक पढिएको

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस र म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीले संगमचोकमा सिमित मानिसहरुलाई मात्रै सहभागी गराएर दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो ।

नेपाल सरकारले हालै भारतले अतिक्रमण गरेका जमिनहरुलाई समेत समेटेर जारी गरेको नेपालको नक्का र राष्ट्रिय झण्डा सहित जेसीजको झण्डा अंकित चित्र बनाएर दिप प्रज्वलन गरेको शाखा अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो । जेसीजले विहिवार विहान आफ्ना शाखाका पदाधिकारी तथा सदस्यहरुमाझ अनलाईन मार्फत शुभकामना आदान प्रदान गरेको जनाएको छ ।