बेनीमा लकडाउन कडाइ गर्न एक्सनमा उत्रियो प्रहरी, ४५ जनालाई नियन्त्रणमा लिइयो (भिडियो रिपोर्ट )

  • १५ जेष्ठ २०७७, बिहीबार
  • 819 पटक पढिएको

बेनी १५ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउन (बन्दाबन्दि) को पालना गराउनको लागि म्याग्दीमा प्रहरी एक्सनमै उत्रिएको छ । विभिन्न कामले बजारमा निस्कनेहरुले सामाजिक दुरीलाई कायम नगर्ने, मास्क लगायतका आधारभुत सावधानी नअपाउनेहरुको सख्ंया बढेपछि उनीहरुलाई नियन्त्रणमा ल्याउन थालिएको हो ।

दैनिक रुपमा नेपालमा कोरोना संक्रमितहरुको सख्ंया बढीरहेको सन्दर्भमा जिल्लामा लकडाउनको कार्यान्वयन भने फितलो बन्दै जाँदा सम्भावित जोखिम बढ्दै गएको थियो । विहिवार बेनी बजारको विभिन्न स्थानबाट लकडाउन पालना नगर्ने र मास्क नलगाईकन निस्कनेहरु ४५ जनालाई नियन्त्रणमा ल्याएर आबश्यक प्रशिक्षण दिएर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बेनीका विभिन्न स्थानबाट उनीहरलाई नियन्त्रणमा ल्याएर कार्यालय परिसरमा लगेर लकडाउन पालना र कोरोना संक्रमणको रोकथाम र नियन्त्रणबारे आबश्यक प्रशिक्षण दिएर पठाएको जनाएको छ ।


प्रहरीले बजार क्षेत्रमा लकडाउन पालनामा कडाई गरेपनि बैँक तथा विक्तिय संस्थाहरु र व्यवसायिक पसलहरु अगाडी भने सामाजिक दुरी समेत पालना नभइकन भिडभाड हुने काम भने रोकिएको छैन् । बजारमा अत्याबश्यक बाहेकका साना– साना कामहरु लिएर समेत मानिसहरु दिनहुँ आवत जावत गर्दै आएका छन भने सवारी साधनहरुको आवत जावतले लकडाउनको अनुभुति नै विर्साउने गरेको छ ।