ताजा अपडेट

विकासलाई दिर्घकालीन बनाउँदै बसाइसराई रोक्न सांसद केसीको जोड

बेनी, १९ जेठ । म्याग्दी क्षेत्र (क) का गण्डकी प्रदेशका सांसद बिनोद केसीले बसाइसराई रोक्ने योजनामा जोड दिनुभएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सोमबारको प्रदेशसभा बैठकमा सांसद केसीले विकासका योजनालाई दिर्घकालीन विकासका आयोजनामा प्राथमिकता दिनुपर्ने बिचार व्यक्त गर्नुभयो । ‘राज्यले गाउँमा सडक,... पुरा पढ्नुहोस

पर्वतमा पनी कोरोना संक्रमण पुष्टी, एकैदिन ५ जना संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा २० जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । पर्वतमा एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला... पुरा पढ्नुहोस

जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई नारच्याङ गाउँ प्रवेशमा रोक (भिडियो सहित)

कमल खत्री बेनी १९ जेठ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनाहरुमा काम गर्न बाहिरबाट ल्याईएका मजदुरलाई गाउँ प्रवेशमा रोक लगाएपछि मजदुरहरु अल्पत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजनामा काम गर्नको लागि सल्यान, सिन्धुपाल्चोक र नुवाकोट लगायतका ठाउँबाट ल्याईएका मजदुरहरुलाई स्थानीयबासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।... पुरा पढ्नुहोस

दरबार हत्याकाण्डको १९ वर्ष पूरा

जेठ १९ काडमाण्डाै । आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए... पुरा पढ्नुहोस

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

जेठ १९ गते ।  बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको... पुरा पढ्नुहोस

कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि नेपाली सेनाको पूर्व अभ्यास प्रदर्शन

म्याग्दी १९ जेठ । नेपाली सेनाले विश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास प्रदर्शन गरेको छ । कोरोना महामारी फैलिएपछि हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमितको निधन भएको अबस्थामा उनीहरुको सब ब्यबस्थापन सम्बन्धि डेमो प्रदर्शन गरिएको हो । नेपाली सेनाको श्रीबक्स... पुरा पढ्नुहोस

म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्क विहिन

म्याग्दी १८ जेठ । म्याग्दीका कोरोना संक्रमण पुष्टि भएका युवासँग एउटै बसमा आएका ६ जना सम्पर्कविहिन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–४ महभिर घर भएर भारतबाट आएका कोरोना संक्रमितसँगै आएका ६... पुरा पढ्नुहोस

थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ १८ जेठ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक... पुरा पढ्नुहोस

स्थगित भएको दादुरा रुबेला विरुद्धको खोप अभियान दुई महिनापछि सूरु

बेनी, १७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगित भएको दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । चैत १० गतेदेखि सुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगित भएको थियो । धवलागिरी, मालिका र मंगला गाउपालिकामा लकडाउनकै... पुरा पढ्नुहोस

एकैदिन थपिए १८९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो

म्याग्दी १७ जेठ । नेपालमा एकैदिन १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, थपिएका संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रवक्ता... पुरा पढ्नुहोस