बेनीको आईसोलेसनमा रहेको ४ जना कोरोना संक्रमितको रिपोट नेगेटिभ

  • १३ असार २०७७, शनिबार
  • 1087 पटक पढिएको

 

म्याग्दी, १३ असार । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएको छ ।


प्रवासबाट आएर बेनीमा क्वारेन्टाइनमा रहेका उनीहरुलाई स्वाव पिसिर परिक्षण गर्दा कोरोना पोजोटिभ देखेपछि आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा रहेका मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
उनका अनुसार हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ। भने संक्रमित २ जना निको भएर घर फर्किएका छन् ।