बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक
- १२ असार २०७७, शुक्रबार
- धिरन खत्री
- 1619 पटक पढिएको
म्याग्दी, १२ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले टोल–टोलमा शिक्षक परिचालन गरेको छ ।
विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल टोलमा शिक्षक परिचालन गरि बैकल्पिक शिकाई सहजीकरण गर्न सुरु गरेको बताए । विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई मध्यनजर गर्दै पाच ओटा सिकाई केन्द्र तोकर पठनपाठन सुरु गरेको बताए ।
विद्यार्थीहरुको शिकाई उपलब्धीलाई फराकिलो बनाउन विद्यालयको ब्यवस्थापन समिति, शिक्षक र अभिभावकको भेलाले विहिबार देखि सिकाई केन्द्रमा विद्याथीहरुलाई उपस्थित गराएर सुरु गरेको प्रअ श्रेष्ठले जानकारी दिए ।
विद्यालयले राममन्दिर, रिसिनचौतारी, रानीपौवा, खहरेखोला, सिरसिरेडाँडा, र ढिकुरमुनीमा सिकाई केन्द्र तोकेर विहानको समयमा शिक्षकलाई टोल–टोलमा परिचालन भएका शिक्षकहरुले २० जनासम्मका बालबालिकाहरुलाई समेटेर दैनिक दुई घण्टासम्म पठनपाठन गराएका छन् । ६ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८८ जना विद्यार्थी रहेका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l