सबै जिल्लामा कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

  • १३ असार २०७७, शनिबार
  • 89 पटक पढिएको

म्याग्दी, १३ असार । नेपालका सबै जिल्लामा कोरनाभाईरस संक्रमित भेटिएको छ । नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।

यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको गौतमले जानकारी दिए ।