ताजा अपडेट

घनश्याम र जस्मिनको स्वरमा ‘माकुराको जालोमा’ रविना र राम्जीको छमछमी (भिडियो सहित)

म्याग्दी ३० मंसिर । मायाँ प्रेमलाई कथाबस्तु बनाएर तयार गरिएको ‘माकुराको जालो’ बोलको लोकदोहोरी गीत सार्वजनि भएको छ । गायक घनश्याम रिजाल र जस्मीन गुरुङको स्वर रहेको सो गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मौलिक भाकामा तयार भएको सो गीतको म्युजिक भिडियोमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र... पुरा पढ्नुहोस

सरकार गफमा भुल्यो, काँग्रेस गुटमा अल्झियोेः काँग्रेस नेता महत

म्याग्दी, ३० मंसिर । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले अहिलेको वर्तमान सरकार काम भन्दा गफ बढि गर्दै हिडेको आरोप लगाउनुभएको छ । सोमबार नेपाली काँग्रेस म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दुई तिहाईको सरकार यस अघिका गठबन्धन सरकारको भन्दा कम काम गरेको तर गफ भने ठूला ठूला लाउदै... पुरा पढ्नुहोस

नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन

म्याग्दी ३० मंसिर । नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहमा पार्टीको संरचना निर्माण अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा लेप्टेन बेलबहादुर पुर्जाको सभापतित्वमा २१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । गाउँपालिका स्तरीय काँग्रेस अगुवा कार्यकर्ताहरुको भेलाबाट समितिको उपसभापतीमा अनिल हिराचन, क्याप्टेन बलबहादुर तिलिजा, सचिबमा सुजन बरुवाल, सुरेन गुरुङ,कोषाध्यक्षमा सोमप्रसाद पुर्जा, सहसचिबमा... पुरा पढ्नुहोस

रत्न लक्ष्मी मावि गलकोटको हीरक महोत्सव सकियो झण्डै २ करोड ४० लाख आर्थिक संकलन

थम्मन थापा बागलुङ मंसिर ३० । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनले जानकारी दिए । प्रविधि युक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्वाधार हाम्रो ईच्छा... पुरा पढ्नुहोस

ताकममा आयोजित स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी लाभान्वित (फोटो फिचर)

मंसिर २९ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले धौलागिरि गाउँपालिका ७ ताकममा आयोजना गरेको दुइदिने वृहत स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका छन् । धौलागिरिका दुर्गमभेगका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले क्लबले विशेषज्ञ सेवा सहितको वृहत स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा मेडिकल... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती सडक स्तरोन्नतीमा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण गरिँदै

म्याग्दी, २९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजनामा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले... पुरा पढ्नुहोस

धौलागिरि आईसफल पदमार्गका मनमोहक तालहरु ओझेलमा (फोटो फिचर)

कमल खत्री म्याग्दी २९ मङ्सिर । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक पदमार्गको रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्ग क्षेत्रका आधा दर्जनबढी सम्भावनायुक्त तालहरु ओझेलमा परेका छन् । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाउनु पस पदमार्गको प्रमुख बिशेषता रहेपनि यस पदमार्ग अन्र्तगत रहेका तालहरु पनि पर्यटकको थप आकर्षणको रुपमा रहेका छन् ।... पुरा पढ्नुहोस

सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना : ११ जनाको मृत्यु,

  दोलखा २९ मङि्सर ।  सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले... पुरा पढ्नुहोस

रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्यसमिती चयन, दिगो विकासको गुरुयोजना निमार्णका लागी १००० जना १००० रूपैयाँ अभियान ।

सागर भण्डारी, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका विद्यार्थीहरुको साँझा संगठन रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्य समिती चयन भएको छ । मञ्चको तदर्थ समिती सहित सदस्यहरुको २०७६/०८/२८ गते बसेको भेलाले सागर खत्रीको नेतृत्वमा ११ सदस्यीय प्रथम कार्य समिती चयन गरेको छ ।  मञ्चको सम्पर्क कार्यलय बेनीमा बसेको सम्मेलनले निम्न अनुसारको कार्यसमिती... पुरा पढ्नुहोस

तातोपानीमा बाथरोग सम्बन्धि शिविर सम्पन्न

म्याग्दी २८ मंसिर । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्ड परिसरमा शनिवार निशुल्क बाथरोग शिविर सम्पन्न भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजना र नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सम्पन्न एक दिने शिविरमा १७० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । कुण्डमा... पुरा पढ्नुहोस