शान्ति सुरक्षा र शुसासन कायम राख्ने प्रजिअ अधिकारीको प्रतिवद्धता
- ३२ श्रावण २०७७, आईतवार
- धिरन खत्री
- 1237 पटक पढिएको
म्याग्दी, ३२ साउन । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा शान्ति सुरक्षा र शुसासन कायम राख्ने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले रचनात्मक रुपमा जिल्लाको विकास, कोरना नियन्त्रणमा र विद्युत समस्यालाई निराकरणमा प्राथमिकता हुने बताउनुभयो । प्रशासनिक सेवालाई गुणस्तरिय बनाउने, कानुनी कारबाही सबैमा समान रुपमा कार्यान्वयन गर्ने, भुगोल, समाजिक, आर्थिक र सास्कृतिको ख्याल गर्दै जनताको सेवामा निरन्तर लागि पर्ने समेत बताउनुभयो । उहाँले ग्रामिण सडक अवरुद्ध हुदाँ बृद्ध र बालबालिकाले बढी सास्ती भोगेकोे बताउदै यसको समाधानका लागि जिल्लाका प्रमुख राजनीतिक दल, स्थानीय तह र जनप्रतिनिधिसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
सो क्रममा जिल्लामा क्रियाशिल पत्रकारले जिल्लामा डोजर विकासको असर, बाढीपहिरो ब्यवस्थापन, राहतको ब्यवस्थापन, कोरना नियन्त्रण र अवस्था, भिईआईपी जुवातास, बालविवाह, ट्राफिक नियम पालना, मदिराको ब्यवस्थापन, कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती र भष्ट्रचार जस्ता गतिविधिमा निगरानी बढाउन ध्यानाकषर्ण गराएका थिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l