म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईद्धारा तीजको अवसरमा भेटघाट

  • ५ भाद्र २०७७, शुक्रबार
  • 2351 पटक पढिएको

जपान ५ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अबसरमा नया सेन्दाईबासी म्याग्देलीसङग भेटघाट तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईले आयोजना गरेको कार्यक्रममा भेटघाट र शुभकामना आदान प्रदान सहित जिल्लामा आइपरेको प्राकृतिक प्रकोपबाट पिडीत भएका बालबालिकाहरुको लागि राहत संकलन गरिएको छ ।

कार्यक्रममा संकलन भएको रकमलाई छिट्टै नै जिल्लाको विकट क्षेत्रमा दैवि प्रकोपबाट पिडित विद्यार्थीहरुलाई उपलब्ध गराईने मोना क्षेत्रीय कमिटी सेन्दाइका अध्यक्ष कमल बानियाँले जानकारी दिनुभयो । यस संस्थाले स्थापनादेखि नै जिल्लामा आइपर्ने दैवि प्रकोप पिडीत, आर्थिक अभाबले उपचारबाट बञ्चित भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।